गोलमेचको नाउँमा गोलमाल मच्चाउन खोजिँदैछ : महतो

४ श्रावण २०७०, शुक्रबार १८:३३ मा प्रकाशित

काठमाडौं, ४ साउन । माहोदन वैद्य समूहलाई निर्वाचनमा ल्याउनका लागि मुख्य दलहरुले विभिन्न प्रयत्न गरिरहे पनि गोलमेच सम्मेलन हुनुपर्ने सर्त माओवादीले छोडेको छैन । तर, कतिपय नेताहरुले गोलमेच सम्मेलन नै गर्नुपरे पनि तयार हुनुपर्ने बताउन थालेका बेला नेपाल सद्भावना पार्टिका अध्यक्ष राजेन्द्र महतोले गोलमेच सम्मेलन सम्भव नहुने अभिव्यक्ति दिएका छन् ।
पार्टिको इटहरी नगर तदर्थ समीती घोषणा तथा पार्टि कार्यालय उद्घाटन कार्यक्रममा शुक्रबार इटहरीमा बेल्दै महतोले गोलमेच सम्मेलन वास्तवमा गोलमाल सम्मेलन हुने र गोलमाल सम्मेलनको नतिजा पनि गोलमाल नै आउने बताए । माओवादीले संविधानसभा निर्वाचनको प्रक्रिया भाँड्नका लागि गोलमेच सम्मेलनको कुरा उठाएर मुलुकमा गोलमाल मच्चाउन लागेको उनको आरोप छ । यथास्थितिमा कुनै पनि हालतमा संविधानसभाको निर्वाचन हुन नसक्ने दाबी गर्दै उनले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, पहिलेकै समानुपातिक सिट संख्या, भूमीगत समूहलाई निर्वाचनमा आउने वातावरण र उमेर पुगेकाले नागरिकता बिना अन्य प्रमाणका आधारमा समेत मतदाता बन्न पाउनुपर्ने सर्तहरु पुरा भए मात्र निर्वाचन हुन सक्ने बताए ।
जनसंख्याका आधारमा हालको २ सय ४० निर्वाचन क्षेत्रमा केहि बढाउनु पर्ने, पहिलो संविधानसभा निर्वाचनमा रहेको समानुपातिक सिट संख्यालाई घटाउन नहुने, नागरिकता बिना मतदाता हुन नपाउने सम्बन्धमा अदालतले गरेको फैसला फुकुवा हुनुपर्ने र भूमीगत समूहहरुलाई पनि शान्तिपूर्ण राजनितिमा ल्याउन पहल गर्नुपर्ने सर्त उनले अगाडि सारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।