प्रधानसेनापति चीन प्रस्थान

४ श्रावण २०७०, शुक्रबार १६:४६ मा प्रकाशित

काठमाडौं, ४ साउन । चिनियाँ जनमुक्ति सेनाका  प्रमुख जनरल फाङ्ग फेङ्गुईको निमन्त्रणामा प्रधानसेनापति गौरवशम्शेर ज.व.रा. बुक्रबार दिउँसो चीन प्रस्थान गरेका छन् । प्रधानसेनापति राणाको सात दिवसीय भ्रमण टोलीमा नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी पवनबहादुर पाण्डे, मेडिकल रथीबृन्द प्राविधिक सहायक रथी डा. बच्चुराम के.सी., स्टाफ अधिकृत र प्रधानसेनापतिका पाश्र्ववर्तीसमेत समावेश रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
चीन प्रस्थान गर्नुपूर्व प्रधानसेनापतिलाई सैनिक टुकडीले सम्मान गारत अर्पण गरेको थियो भने बिदाईका लागि नेपालका लागि मित्रराष्ट्र चीनका राजदूत वु चुन्ताई,  सेनाका रथीहरु, रक्षा मन्त्रालयका उच्च पदस्थ अधिकारी तथा बिदेशी नियोगका सैनिक सहचारीहरु समेत विमानस्थलमा उपस्थित भएका थिए ।
प्रधानसेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी नेत्रबहादुर थापाले का.मु. प्रधानसेनापतिको कार्य सम्हाल्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा