मरिचमानसिंहको उपचारमा खर्च प्रदान गर्न सरकारी प्रक्रिया सुरु

४ श्रावण २०७०, शुक्रबार १६:२५ मा प्रकाशित

काठमाडौं, ४ साउन । फोक्सोको क्यान्सरले थलिएर नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई उपचार खर्च दिलाउने प्रक्रिया सरकारले सुर गरेको बुझिएको छ । करिब दुई महिनाअघि नै सरकारका तर्फबाट उपचार खर्च पाउन श्रेष्ठ परिवारले दिएको निवेदनमाथि सरकारी निकायले कारवाही प्रक्रिया सुरु गनै लागेको हो । गत जेठमा मरिचमानसिंहकी श्रीमती र असारमा छोरा अनिलले सरकारसमक्ष निवेदन दिए पनि वास्ता गरिएको थिएन, तर बुधबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा पूर्वप्रधानमन्त्रीका नाताले मरिचमानसिंहको उपचार राज्यले गराउनुपर्ने प्रस्तावमा सकारात्मक छलफल भएपछि उनको उपचारमा खर्च दिन सरकार तत्पर देखिएको हो ।
यसअघि सरकारले वास्ता नगरेपनि सुभेच्छुकहरुले सिंहको उपचारका लागि रकम संकलन अभियान सुरु गरेका थिए । यसक्रममा स्वदेश र विदेशमा रहने कतिपय नेपाली मरिचमानसिंहका लागि सहयोग रकम प्रदान गर्न अघिसरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।