जिविसका लेखापालद्वारा पत्रकारमाथि मुक्का

४ श्रावण २०७०, शुक्रबार १६:०६ मा प्रकाशित

काठमाडौं, ४ साउन । इलामका पत्रकार सोमनाथ सुशेलीमाथि सरकारी कार्यालयमै आक्रमण भएको छ । नेपाल पत्रकार महासंघ इलामशाखाका पूर्वसभापति समेत रहेका सुशेली इलाम एक्सप्रेस दैनिकका प्रधानसम्पादक हुन् । समाचार संकलन तथा पत्रिकामा छापिएको विज्ञापनको रकम लिन गएका बेला उनीमाथि जिल्ला विकास समिति इलामका लेखापाल महेन्द्र चौहानले जिविसको कार्यालयहातामै आक्रमण गरेका हुन् । आँखामै ताकेर मुक्का प्रहार गर्दा पत्रकार सुशेलीको चस्मा फुट्नुका साथै अनुहारमा गम्भीर चोट लागेको बताइएको छ ।
जिविसमा भ्रष्टाचार भएको भन्दै केही समयअघि सुशेलीले लेखापाल चौहानविरुद्ध अख्तियारमा उजुरी दिएका थिए । आफूविरुद्ध उजुरी दिएको झोँकमा त्यसरी आक्रमण गरेको अनुमान गरिएको छ । आफ्नो पदीय मर्यादाको ख्याल नगरी त्यसरी पत्रकारमाथि मुक्क वर्षाउने भ्रष्ट लेखापालमाथि कारवाही गर्नुका साथै जिविसमा उनले गरेका अनियमितताबारे अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सञ्चारसम्वद्ध विभिन्न संस्थाले माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४