मुलुक भुटानीकरण हुँदै सिक्कीमीकरणमा फस्ने गुरुङको दाबी

४ श्रावण २०७०, शुक्रबार १३:५० मा प्रकाशित

चन्द्रकान्त खनाल, बुटवल, ४ साउन । नेकपा माओवादीका सचिव देव गुरुङले उच्चस्तरीय वार्ता समितिले डाकेको वार्तामा सहभागी नहुने बताएका छन् । वार्तामा बोलाउनु सकारात्मक भए पनि पुर्वसर्तसहित बोलाएको वार्ताको कुनै अर्थ नरहेको उनले बताए । नेकपा माओबादी अवध राज्य समितिले बुटबलमा  गरेको राजनितिक प्रशिक्षणको उदघाटन गर्दै सचिव गुरुङले वर्तमान सरकार विघटन, २५ बुँदे सहमति खारेज निर्वाचनको मिति बदर गर्नुपर्ने वार्ताको एक मात्र विकल्प हुने औल्याउँदै त्यसपछि मात्र बवर्ताको ढोका खुल्ने जनाए ।
चार दलहरुले निर्दलिय ब्यबस्था लागु गरेर मुलुकको अस्मिता धरापमा परेको समेत उनले बताए । नेता गुरुङले आगामी मंसिरमा निर्वाचन सम्पन्न भए सीमा अपराध, भ्रस्टाचार वैदेसिक हस्तक्षेप बढ्ने उनको भनाई छ  । मुलुकको प्रकृतिक श्रोतहरु खेसिने छ र नयाँ प्रकारको भुटानीकरण एबं सिक्किमीकरणमा मुलुक फस्ने उनले बताए । अझै पनि सहमति र सम्बाद नगरेर एकपक्षिय तरिकाले निर्वाचन लाद्न खोजे राम्रो नहुने चेताबनी समेत गुरुङले दिए । आफनो पार्टी निर्वाचन खारेजीका पक्षमा रहेको बताउदै आगमी १० गते देखी ४ दलहरुका सहमति यात्रालाई खारेज गरेर जाने जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड