एमालेले मात्र देशलाई निकास दिन सक्ने एमाले नेता ओलीको दावी

२८ चैत्र २०६८, मंगलवार १५:०७ मा प्रकाशित

सुर्खेत, २८ चैत । नेकपा एमालेका नेता केपी शर्मा ओलीले अहिलेको राजनीतिक अस्थिरतालाई निकास दिन एमालेको काँधमा जिम्मेवारी थपिएको बताउनुभएको छ । सुर्खेतका स्वर्गिय नेता क्रृषि शर्माको स्मृतिमा भएको साताव्यापी कार्यक्रमको आज समापन गर्दै ओलीले अरु सबै पार्टीले सोझा जनतालाई झुक्याएको आरोप लगाउनुभयो । निर्वाचनको बेला एकीकृत नेकपा माओवादीले जनता माझ झुट्ठो आश्वासन दिएर त्यो आश्वासन अहिले एकादेशको कथा बनाएको टिप्पणी गर्नुभयो । ओलीले माओवादीलाई फुकेर हिड्ने गाईको बाच्छोको संज्ञा दिनुभयो । दलहरु आ–आफ्नै अडानमा रहिरहने हो भने जेठ १४ मा संविधान जारी हुनै नसक्ने भन्दै ओलीले आपसमा खिचातानीको प्रवृत्ति त्यागेर सहमतिको बाटो रोज्न माओवादीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) हिजो साँझ चोरी भएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको