प्रचण्डलाई झन्-झन् कठिन, आफ्नैले माग्न थाले राजीनामा

४ श्रावण २०७०, शुक्रबार १२:५१ मा प्रकाशित

काठमाडौं, ४ साउन । कुनैबेला एमाओवादी केन्द्रिय सदस्य विकेश श्रेष्ठ अध्यक्ष प्रचण्डले मर्ने आदेश दिए मर्नै पनि तयार हुनेसम्मको प्रचण्डभक्त थिए । प्रचण्डबाट कुनै काम गराउनु परे विकेशलाई समाते हुन्छ भन्ने चर्चा एमाओवादी पार्टीभित्रै र बाहिर पनि चल्थ्यो, किनकि उनी प्रचण्डका विश्वासिला स्वकीय सचिव थिए । तर, आज समय बदलिएको छ । कुनैबेला आफ्ना स्वकीय सचिव रहेका तिनै विकेशले प्रचण्डको राजीनामा मोगका छन् । बाबुराम भट्टराईलाई उपाध्यक्षमा फर्कन प्रचण्डले जोड लगाइरहेकै बेला विकेशले भने अब प्रचण्डले पनि अध्यक्षको जिम्मेवारी छोडेर पार्टीको संरक्षक भई बस्न सुझाव दिएका छन् ।
यसरी प्रचण्डलाई पद छोड्न सुझाव दिने श्रेष्ठले आफूले पनि पदबाट राजीनामा दिएर साधारण कार्यकर्ताको रपमा सक्रिय रहने बताएका छन् । एकपदीय जिम्मेवारीको व्यवस्थाअनुरुप पार्टी संरचना बनाउनका लागि आफूले यस्तो कदम चालेको र प्रचण्डलगायत नारायणकाजीहरुको राजीनामा मागेको उल्लेख गरे । श्रेष्ठले पार्टीमा बुझाएको लिखित सुझावमा महासचिव पोष्टवहादुर बोगटीलाई अन्तरिमकालको लागि कार्यबाहक अध्यक्ष बनाई एकपदीय जिम्मेवारीको व्यवस्थाअनुरुप पार्टी संरचना बनाउनु पर्ने जिकीर गरेका छन् । लिखितपत्रमा उनले आफ्नो राजीनामाका साथै एमाओवादी भित्रका २० समस्या प्रस्तुत गर्दै समाधानका १५ सुझाव पनि प्रस्तुत गरेका छन्।
यसरी एकपछि अर्को जिम्मेवार नेताहरुले राजीनामा दिँदै नयाँपुस्तालाई पार्टी हस्तान्तरण गर्नुपर्ने सर्त तेस्र्याउन थालेपछि प्रचण्ड झन्-झन् अपठ्यारोमा पर्ने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४