कमिसनमा कुरा नमिलेपछि एमाओवादीका नेता–कार्यकर्ताबीच आरोप–प्रत्यारोप

४ श्रावण २०७०, शुक्रबार ०९:३४ मा प्रकाशित

काठमाडौं, ४ साउन । हनुमानढोका दरवारक्षेत्र र सुन्धारा क्षेत्रको एकीकृत विकासका लागि काठमाडौं महानगरपालिकाले गरेको सम्झौता तुहाउन आर्थिक चलखेल भएको सम्पदा संरक्षण संघर्ष समितिका सहसंयोजक राम रंजीतले आरोप लगाएका छन् । महानगरपालिकाले साइडवाकर्स ट्रेर्डर्स प्रा.लि.सँग एकीकृत विकास परियोजना सञ्चालनका लागि सम्झौता गरेको थियो । एमाओवादी केन्द्रिय सदस्य एवम् काठमाडौं महानगरको दलिय संयन्त्रका प्रतिनिधि रहेका सर्वोत्तमदास डंगोलले साइडवार्कससँग एक करोड घुस मागेको र त्यो नपाएपछि स्थानियवासीको नाममा बार्गेनिङ सुरु गरेको रंजितले दाबी गरे । उनले थपे– ‘हामी पार्टी भनेर सोझो ढंगले लाग्ने तर उपल्लो तहका नेताहरु नै उत्पात ढंगले पार्टीको बदनाम गर्न हात धोएरै लागिपरेपछि पार्टीको इज्जत जोगाउनै गाह्रो पर्ने भयो ।’ सम्पदा संरक्षण संघर्ष समितिकै अध्यक्ष श्याम मानन्धरसमेत डंगोलको पक्षमा लागेर निस्क्रिय भएको पनि एमाओवादीकै कार्यकर्ताहरुले बताउन थालेका छन् । आफु एमाओवादीकै कार्यकर्ता भएको प्रस्ट्याउँदै रंजितले सम्पदाप्रेमीको नाममा सिङ्गो पार्टीलाई बदनाम गराउन डंगोल र श्याम मानन्धर लागिपरेको र त्यसको प्रतिवाद गर्न आफु पछि नपर्ने जनाए । 
यसैगरी सर्वोत्तम दास डंगोलले आफूलाई घरमै बोलाएर एक करेड रुपैयाँ दिन र मासिक कति दिने हो त्यो एकिन गर्न ठाडैप्रस्ताव राखेको साइडवार्कस ट्रेर्डर्सका प्रबन्ध निर्देशक संजिव तुलाधरले आरोप लगाए । उनले भने, ‘हामी सबैको घर बैंकले लिलामीमा राखेको छ, दिन सक्दैनौँ भनेपछि उहाँले दुई करोडबराबरको क्षति गरिदिन्छु भन्नुभयो ।’ बताइएअनुसार डंगोलले नगरपालिकाको ४ करोड नेवाः जातिय उत्थान कोषको नाममा नविल बैंकको खिचापोखरी शाखामा राखेर ब्याज आफैले भोग गर्दै आएका छन् र उक्त विषयमा अख्तियारमा उजुरीसमेत परिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर