विद्यार्थी नेताहरुबीच विवाद जारी, नेवि संघको महाधिवेशन फेरि अन्योलमा

४ श्रावण २०७०, शुक्रबार ०७:३३ मा प्रकाशित

काठमाडौं, ४ साउन । केन्द्रीय प्रतिनिधि छनोट र जिल्ला अधिवेशनको निर्णय सार्वजनिक हुन नसकेपछि आगामी भदौ २९, ३० र ३१ मा गर्ने भनी तोकिएको नेपाल विद्यार्थी संघको महाधिवेशन फेरि अन्योलमा परेको छ । संघको २५ असारमा बसेको आकस्मिक बैठकले महाधिवेशनको मिति भदौको अन्तिम साता काठमाडौंमा गर्ने तय गरेको थियो । संघको महाधिवेशन ६ महिनाभित्र सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्न पार्टीले कर्णलाई अध्यक्षमा मनोनीत गरेको थियो । तर, कर्ण अध्यक्ष भएको १७ महिना बितिसक्दासमेत महाधिवेशन अन्योलमै रहेको छ । संघको बैठक पाँच वर्षदेखि हुन सकेको छैन । 
महाधिवेशन पुनः अन्योलमा परेको संघका निवर्तमान उपाध्यक्ष नैनसिंह महरले पनि स्वीकारे । संघलाई सक्रिय रूपमा अगाडि बढाउन महाधिवेशनबाहेक अर्को विकल्प नरहेको बताउँदै नेता महरले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्ने हो भने वर्तमान अध्यक्षले तत्काल कार्यतालिका सार्वजनिक गर्नुपर्ने उल्लेख गरे । उनका अनुसार अध्यक्ष कर्ण त्यसका लागि तत्पर देखिएका छैनन् ।
तर, महाधिवेशनका लागि कार्यतालिका एक÷दुई दिनभित्रै घोषणा गर्ने संघका अध्यक्ष कर्णको दाबी छ । आवश्यक तयारी पूरा भएकोले यसमा कसैले शंका गर्न आवश्यक नरहेको उनले बताए । तर, महाधिवेशनको विषयमा कुनै पनि प्रक्रिया अगाडि नबढेको संघका अधिकांश सदस्यको दाबी छ । संविधानसभा निर्वाचन अगाडि संघको महाधिवेशन भइदिए निर्वाचनका लागि युवाहरूमा थप ऊर्जा आउने थियो भन्दै संघका केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले महाधिवेशनको कार्यतालिका तत्काल घोषणा गर्न संघका अध्यक्ष कर्णलाई आफूहरूले दबाब दिँदै आएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही