हावाहुरी तथा असिनापानीबाट रौतहटमा दुई जनाको मृत्यु

२८ चैत्र २०६८, मंगलवार १५:०५ मा प्रकाशित


रौतहट, २८ चैत । आज विहान आएको हावाहुरी तथा असिनापानीबाट रौतहटमा दुई जनाको ज्यान गएको छ । विहान करिव ३ बजेतिर आएको हावाहुरी तथा असिनापानीबाट रौतहटको औरैया गाविस वडा नं. ६ निवासी ४२ बर्षिया रम्भादेवी साह कानु र सोही गाविस वडा नं. ८ निवासी ६२ बर्षिया सुन्दरदेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । रम्भादेवीको आफ्नो घरको छतमा सुतिरहेको अवस्थामा काठले थिचेरे र सुन्दरदेवी राउतको आफ्नै फुसको घरले थिचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले जानकारी दिनुभयो । आज विहान गौर तथा आसपासको क्षेत्रमा करीव १ फिट असिना परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको