प्रधानसेनापति १० दिवसीय भ्रमणमा चीन जाँदै

३ श्रावण २०७०, बिहीबार २०:२५ मा प्रकाशित

रासस । काठमाडौ, ३ साउन । प्रधानसेनापति गौरवशम्सेर जबरा छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको चिनियाँ मुक्ति सेनाका सेनापति फाँङ फिनझुइको औपचारिक निमन्त्रणामा शुक्रबार चीन प्रस्थान गर्ने भएका छन् । सैनिक जनसम्पर्क निर्देशनालयले पत्रकार सम्मेलन गरी उहाँको भोलि शुक्रबारदेखि हुने १० दिने भ्रमणबारे आज औपचारिक जानकारी गराएको हो ।
दुई देशबीचको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता दिँदै सन् १९५५ मा नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएपछि राजनीतिक र सैनिक नेतृत्वहरूको भ्रमणले निरन्तरता पाउँदै आएको एउटा कडीका रूपमा यस पटकको प्रधानसेनापतिको भ्रमण पनि रहेको नेपाली सेनाले जनाएको छ ।
भ्रमणका अवसरमा प्रधानसेनापतिले चिनियाँ जनमुक्ति सेनाका प्रमुख फङ फेन गुह्वी र चिनियाँ वायुसेनाका प्रमुख एवम् केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष झ क्युलिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । चीन भ्रमणका अवसरमा प्रधानसेनापति जबराले चिनियाँ सेनाले नेपाली सेनालाई उपलब्ध गराउने सहयोगअन्तर्गत विपद् व्यवस्थापनका समयमा प्रयोग हुने घुम्ती अस्पतालसम्बन्धी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । सो सहयोग झन्डै रु ८८ करोड मूल्य बराबरको हुने बुझिएको छ । यो सहयोग अघिल्ला प्रधानसेनापति छत्रमानसिंह गुरुङको नेतृत्व रहेको समयमा भएको सम्झौताको बाँकी रकम भएको सेनाले जनाएको छ ।
नेपाली सेनाले सञ्चालन गरेको जङ्गल, माउन्टेन र स्टाफ तालिमहरूमा चिनियाँ सेनाहरू सहभागी हुँदै आइरहेका छन् । त्यस्तै नेपाली सेनाले पनि चीनमा सञ्चालन भएका विभिन्न सैनिक तालिममा सहभागिता जनाउँदै आएका छन् । प्रधानसेनापतिको नेतृत्वमा रहने सो भ्रमण टोली पाँच सदस्यीय हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस