सरकारी जागिरे हुने रहर जागेपछि…

३ श्रावण २०७०, बिहीबार १६:११ मा प्रकाशित

विजय राई, धनकुटा, ३ साउन । लोकसेवाको आवेदन फाराम भर्न एक लाख खर्च भएको सुन्दा अचम्म लाग्न सक्छ । तर डोल्पा जिल्लाका एक व्यक्तिले एक लाख रुपैयाँभन्दा बढी खर्च गरेर फाराम भरेका छन् । लाखा गाविस–४ का कमलबहादुर झाँक्रीले एक लाखभन्दा बढी रकम खर्चेर लोकसेवा आयोगको पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयमा आवेदन फाराम भरेका हुन् । उनले स्वास्थ्य सेवाअन्तर्गत हेल्थ असिस्टेन्ट पदमा पिछडिएको क्षेत्रको एउटा कोटाका लागि यति ठूलो रकम खर्चेर आवेदन फाराम भरेका छन् ।
झाँक्रीले परीक्षा फाराम भर्न डोल्पादेखि नेपालगन्जसम्म फिस्टेल एयरको हेलिकोप्टरबाट आएको बताए । झाँक्रीले भने, “सूचना ढिलो गरेर पाइयो, हिँडेर आउने समय नहुँदा रु. एक लाख खर्च हुने भयो ।”
एकहप्ता अगाडि धनकुटा सदरमुकाम आइपुगेका झाँक्रीले २ साउनमा आवेदन फाराम भरेका छन् । यति ठूलो रकम खर्चेर लोकसेवाको परीक्षा फाराम भर्दा पनि नाम निस्कनेमा भने ढुक्क नभएको झाँक्रीको भनाइ छ । उनले घर फर्कंदा पनि नेपालगन्जबाट हेलिकोप्टरमै फर्कने बताए ।
नेपालगन्जबाट हेलिकोप्टर चढ्दा रु ६० हजारभन्दा बढी खर्च लाग्ने गर्छ । सात दिनभन्दा बढी समय लाग्ने भएकाले हेलिकप्टरबाटै जान लागेको उनको भनाई छ । दुर्गममा स्वास्थ्य सेवा गर्ने उद्देश्यले पर्साको वीरगन्जमा रहेको द हिमाल इन्स्टिच्यूट अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट पढेका झाँक्रीले सरकारी जागिरे भएरै छाड्ने सङ्कल्प लिएका छन् ।
लोकसेवा आयोगले तीन वर्षपछि खुलाएको स्वास्थ्य सेवाको चौथो र पाँचौँ तहको विज्ञापनमा पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयबाट १० हजारभन्दा बढीले आवेदन फाराम भरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४