केवुलकारको भाडा अब ५ सय ७५

३ श्रावण २०७०, बिहीबार १५:५८ मा प्रकाशित

रासस, चितवन, ३ साउन । मनकामना केबुलकारको टिकट शुल्कमा भारी वृद्धि गरिएको छ । महँगी बढेको भन्दै साउन १ गतेदेखि लागू हुने गरी व्यवस्थापनले टिकटको शुल्कमा रु १५० बढाएको हो । यसअघि टिकटको मूल्य रु ४२५ कायम थियो । सबै क्षेत्रमा महँगी बढेको कारण टिकट शुल्क बढाउनुपरेको मनकामना दर्शन प्रालिका प्रबन्धक डिएन कायस्थले बताए ।
सो केबुलकार नेपालको पहिलो र एकमात्र केबुलकार हो । चितवनको दारेचोक गाउँ विकास समिति वडा नं ३ कुरिनटारबाट केबुलकार चढेर गोरखाको मनकामना मन्दिरको दर्शन गर्न जाने श्रद्धालुको ठूलो भीड लाग्ने गर्दछ । मूल्य वृद्धिसँगै मन्दिर दर्शनका लागि जाने भक्तजनहरू प्रत्यक्ष प्रभावित हुने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण