न चीनले न भारतले, राप्रपा एक भयो आफ्नै कार्यकर्ताको दबाबले : राणा

३ श्रावण २०७०, बिहीबार १५:४४ मा प्रकाशित

काठमाडौं, ३ साउन । नेपालका दलहरु वाह्य शक्तिको इशारामा फुट्ने रजुट्ने गरेको आरोप नयाँ होइन । हालै एक भएका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टी पनि यस्तै आरोपबाट मुक्त छैनन् । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले आफ्नो पार्टी कसैको दबाब वा इशारामा एक नभएको दाबी गरेका छन् । ‘न त भारतले न चीनले, हामीलाई एक हुन दबाब दिए आफ्नै कार्यकर्ताले’, राणाले बताए ।
राजधानीमा सञ्चाकर्मीहरुसँग कुरा गर्दै राणाले चार दलको सिन्डिकेटले मुलुकलाई निकास दिन नसक्ने ठोकुवा पनि गरे । उनले चार दलको विकल्पको एउटै शक्ति राप्रपा मात्र भएको उनको भनाई छ । लोकतान्त्रिक शक्तिहरूको ध्रुवीकरणमा नेपाली कांग्रेसले चासो नदिएकोले प्रजातान्त्रिक शक्तिका रूपमा राप्रपा अगाडि आएको दाबी राणाले गरे । जनताले वैकल्पिक शक्तिको खोजी गरिरहेको बेला त्यो शक्तिका रूपमा एकतापछि बृहत् भएर आफ्नो पार्टी अगाडि आएको जनाउँदै अब आफूहरुलाई कसैले रोक्न नसक्ने बताए ।
चार दलले आफूहरु नै सबैथोक भनेझैँ गरी व्यवहार गरेको राणाको आरोप छ । आफैंले उभ्याएका खिलराज रेग्मीको काँधमा बन्दुक राखेर चारदलले पड्काइरहेको उनले बताए । एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले अहिलेको सरकार मनलाग्दी ढंगबाट चलाएको उल्लेख गर्दै उनले भने, ‘सरकारलाई स्वतन्त्रतापूर्वक काम गर्न दिइएको छैन, सरकारले पनि निर्वाचनको वातावरण तय हुने अवस्था बनाएको भान हुन सकेको छैन ।’ मुलुकले निर्वाचनभन्दा अन्य बाटोबाट निकास नपाउने उनको भनाइ थियो ।
आर्थिक उन्नतिको पथमा मुलुक नलाग्दा राणा चिन्तित छन् । उनले जनताको आयस्तरमा सुधार ल्याउन नसक्नु राजनीतिक दल र सरकार चलाउनेहरू जिम्मेवार रहेको उल्लेख गर्दै भने, ‘नेपालका जनता धनी हुनुको साटो दैनिक गरिब भइरहेका छन् । आर्थिक वृद्धिदर छैन, लोडसेडिङको समस्यामा छन् । तिनले खोजेको न्याय हो, तिनले खोजेको विकास हो ।’ उनले थपे, ‘हामीकहाँ भत्काउने प्रवित्ति बढ्यो बनाउने नियत कहिले पनि राख्ने अभ्यास भएन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र