युद्धअपराधको आरोपमा बंगलादेशमा एक मुसलमान नेतालाई मृत्युदण्डको फैसला

३ श्रावण २०७०, बिहीबार १०:४४ मा प्रकाशित

एजेन्सी । बंगलादेशमा एक उच्चतहका इस्लामी नेतालाई सन् १९७१ मा पाकिस्तानबाट मुक्तिको लागि गरिएको यसद्धका बेला युद्ध अपराध गरेको भन्दै फाँसीको सजाय सुनाइएको छ । जमात–ए–इस्लामीका नेता अली अहसान मोहम्मद मुजाहिदमाथि नरसंहार तथा प्रताडनाको आरोप लाग्दै आएको थियो, जसमा सातमध्ये पाँच आरोपमा उनी दोषी देखिएको बताइएको छ ।
अभियोजनपक्षको दाबीअनुसार मोहम्मद मुजाहिदले बंगलादेशको मुक्तिको पक्षमा काम गर्ने कैयन नेता तथा बुद्धिजीविहरुको हत्या गर्नका लागि एक समूह तयार गरी त्यसको नेतृत्व गरेका थिए । मुजाहिद १९७१ मा एक विद्यार्थी नेताका रुपमा चिनिन्थे भने उनी संयुक्त पाकिस्तानको समर्थन गर्दथे । बंगलादेश स्वतन्त्र बनेपछि भूमिगत बनेका उनी १९७७ मा सैनिक कु गरी जनरल जियाउर रहमान सत्तामा आएपछि खुला राजनीतिमा देखिएका थिए ।
हालै बंगलादेशको जमात–ए–इस्लामीका आध्यात्मिक नेता गुलाम आजमलाई पनि ९० वर्षको कैद सजाय सुनाइएको थियो । यस फैसलाको विरोधमा ढाकामा प्रदर्शनहरु हुँदैआएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले सरकारले महिलालाई पक्राउ गरेको भन्ने विवरण झुट भएको दाबी गरेका छन् ।

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट