रुपन्देहीको ३० करोड फ्रिज

३ श्रावण २०७०, बिहीबार ०८:३४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३ साउन । आर्थिक वर्ष २०६९/०७० मा रुपन्देही जिल्लामा झण्डै तीस करोड रुपैया फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण्ँ कार्यालय रुपन्देहीले भैरहवामा आयोजना गरेको आथिर्क वर्ष ०६९/०७० को विनियोजन तथा खर्च सम्बन्धी जानकारी दिन आयोजना गरिएको कार्यक्रम प्रमुख कोष नियन्त्रक श्रीकृष्ण नेपालले गत आर्थिक वर्ष भन्दा ४ करोड रुपैया कम रकम फ्रिज भएको जानकारी दिए ।
चालु र पुजींगत गरी ५ अर्ब २२ करोड ३५ लाख ९१ हजार कुल बजेटमा ४ अर्ब ९२ करोड ८० लाख ६ हजार रुपैया खर्च भई २९ करोड ५५ लाख ८५ हजार रकम फ्रिज भएको हो । कुल बजेटको ४४ प्रतिशत रकम असार महिनामा मात्रै खर्च गरिएको कोलेनिकाको तथ्याङकले देखाएको छ । जिल्ला भरका ८५ कार्यालय मध्य सबै भन्दा बढी रकम जिल्ला शिक्षा कार्यालय रुपन्देहीले १ करोड ८५ लाख, डिभिजन सडक कार्यालय बुटवलले १ करोड १५ लाख, जिल्ला बिकास समितिको झण्डै एक करोड, व्यापारिक मार्ग बिस्तार आयोजना वेलहिया बुटवलको ५३ लाख, जिल्ला जन स्वास्थ्य कार्यालय रुपन्देहीको ३३ लाख, शहरी बिकास तथा भवन निमाणर््ँबिभाग डिभिजन कार्यालयको ३० लाख रुपैया फ्रिज भएको छ । गत वर्ष ढिला गरी कार्यक्रम तथा बजेट आएकाले मोटो रकम फ्रिज हुन गएको सम्बन्धीत कार्यालयका प्रमुखहरुले जानकारी दिए । उनीहरुका अनुसार वर्षातका कारण काम गर्न नसक्दा रकम खर्च गर्न नसिएकाले बजेट फ्रिज भएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, स्थानिय विकास अधिकारी पेशल कुमार पोखरेल, पत्रकार महासंघका सभापति दिपक ज्ञवाली लगाएतले बोल्दै बजेटलाई समयमै खर्च गर्न सुझाव दिएका छन् ।

कम्युनिटी बैंक मुनाफामा
नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक लिमिटेड (बुटवल)) सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०६९/७० आषाढ मसान्त सम्ममा करिव १० लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको बताइएको छ । बैंकको निक्षेप परिचालन ५५ करोड, कर्जा लगानी ४१ करोड र निष्कृय कर्जा शुन्य रहेको छ । २०६७ साल कार्तिकबाट बैंकिङ्ग सेवा सुभारम्भ गरेको कम्युनिटी डेभलपमेण्ट बैंकले मुख्य शाखा बुटवल, शाखा कार्यालयहरु सौफर्साटिकर, रुपन्देही र टाँडी, चितवनबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । उच्च गुणस्तरीय स्थिर सम्पत्ति, भाखा नाघेको कर्जा तथा कर्जा नोक्सानी व्यवस्था शुन्य रहेको यस बैंकको वित्तिय स्थिति दिर्घकालिन रुपमा स्वस्थ रहेको बैकले दावी गरेको छ । आगामी आर्थिक वर्ष २०७०÷७१ मा १ अर्व ३० करोड निक्षेप परिचालन, १ अर्व १० करोड कर्जा लगानी गरी बैंकलाई पूर्ण मुनाफामा लैजाने र लगानी कर्ताहरुलाई लाभांस वितरण गर्ने लक्ष्य बैँकले लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत घमान सिंह खड्काले बताए । करिव ३ सय ८६ जना संस्थापक शेयरधनी, ७ करोड चुक्ता पूँजी, १० करोड जारी पूँजी, २० करोड अधिकृत पूँजी एवं ३ जिल्ला (रुपन्देही, नवलपरासी र चितवन) स्विकृत कार्यक्षेत्र रहेको बैंकले ३ करोड पूँजी चालु आर्थिक वर्षको प्रथम त्रैमासिकभित्र  सर्वसाधारणलाई निष्कासन गर्ने गरी गृहकार्य गरिरहेको पनि जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच