आदिवासी–जनजातीले ७ गते रुपन्देही बन्द गर्ने

३ श्रावण २०७०, बिहीबार ०८:१७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३ साउन । लक्षित वर्ग उत्थान संयुक्त संघर्ष समिति, रुपन्देहीले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । नेपाल सरकारको मन्त्री स्तरबाट आदिवासी जनजाति जिल्ला समन्वय समिति लगायत सबै गाउा तथा नगर समन्वय समिति गठन निर्देशिका र समिति खारेज गरेको विरोधमा समितिले संघर्षका कार्याक्रम अगाडि सारेको हो ।
समितिले घोषणा गरेको संघर्षका कार्यक्रम अनुसार आज शुक्रबार स्थानीय निकाय अन्तर्गतका गाविस र नगरपालिका बन्दको अनुरोध सहित पत्राचार गर्ने, साउन ४ गतेबाट रुपन्देही जिल्लाका स्थानीय निकाय अनिश्चितकालिन बन्द गर्ने र ७ गते रुपन्देही जिल्ला बन्द गर्ने कार्यक्रम रहेको संघर्ष समितिका अध्यक्ष एवं आदिवासी जनजाति जिल्ला समन्वय समिति ९रुपन्देही०का उपाध्यक्ष धनबहादुर गुरुङले बताए । उनले सिङ्गो मन्त्रिपरिषदले गरेको निर्णय मन्त्री स्तरबाट समिति गठन निर्देशिका र समिति खारेज गर्नु लक्षित वर्गविरोधी कदम भएको टिप्पणी गरे ।
निर्देशिका पुनर्वहाली नभए सशक्त आन्दोलनमा जाने पनि गुरुङले चेतावनी दिए । संघर्ष सफल पार्न समितिले क्षेत्रीय संयोजक रहने गरि जिल्ला संघर्ष समिति र ३१ सदस्यीय क्षेत्रीय संघर्ष समिति गठन गरिएको छ । जसमा रुपन्देही क्षेत्र नं १ मा गंगाराम वि.क. संयोजक, अमरबहादुर चौधरी सहसंयोजक, २ मा मदन गुरुङ संयोजक, कमला थापा सहसंयोजक, ३ मा सुरेन्द्र वि।क।संयोजक, गणेश गुरुङ सहसंयोजक, ४ मा रश्मी बस्याल संयोजक, बिरबहादुर गर्वुजा सहसंयोजक तोकिएको छ । त्यस्तैं क्षेत्र नं ५ मा नरबहादुर थापा संयोजक, रामबहादुर वि।क। सहसंयोजक, ६ मा रामबेश धवल संयोजक, सरिता चौधरी सहसंयोजक र ७ मा कमलनारायण चौधरी संयोजक, चेतराम हरिजन सहसंयोजकको जिम्मेबारी तोकिएको छ । संघर्ष समितिका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा दलित वर्ग उत्थान समन्वय समितिका उपाध्यक्ष पदम विकको संचालनमा सम्पन्न भएको कार्यक्रममा महिला समन्वय समितिका उपाध्यक्ष विमला पन्थी, मुस्लिम समन्वय समितिका उपाध्यक्ष गुलाम अली, अपाङग समन्वय समितिका उपाध्यक्ष होमनाथ अधिकारी, महिला नगर समवय समितिका उपाध्यक्ष रश्मी बस्याल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर