रेसुंगामा एकमहिने धार्मिक मेला सुरु

३ श्रावण २०७०, बिहीबार ०८:०३ मा प्रकाशित

गुल्मी, ३ साउन । धार्मिक पर्यटकीय स्थल रेसुंगा क्षेत्रमा  एकमहिने धार्मिक मेला शुरु भएको छ  । ऐतिहासिक तथा धार्मिक तपोभूमि रेसुंगा क्षेत्रमा रहेको पोखरीमा साउन महिनामा स्नान गरेमा सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने जनविश्वास रहेकाले साउन महिनाभर पोखरीमा स्नान गर्ने र विभिन्न मठ मन्दिरमा पुगेर पुजा गर्ने परम्परा छ ।
त्यस्तै रेसुंगा पोखरीमा तीन धामबाट ल्याएको पानी राखिने भएकाले यस पोखरीमा स्नान गरेपछि अन्य चारधाम पुग्नु नपर्ने जन विश्वास पनि छ । समुन्द्री सतहदेखि २ हजार ३ सय ४९ मिटर उचाईमा रहेको रेसुंगा क्षेत्रमा हरेक वर्ष साउन महिनाभर धार्मिक मेला लाग्ने गर्दछ ।
मेलामा गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङजा, रुपन्देही, बाग्लुङग र भारतका विभिन्न स्थानहरुबाट धर्मालम्बीहरु साउन महिनाभर आउने रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले जनाएको छ । त्यस्तै साउने औंशीमा भजन किर्तनसहित विविध कार्यमहरु पनि हुने गर्दछ । रेसुंगा पोखरीमा स्नान गर्न र यज्ञशालामा पुजाआजा गर्नका लागि  रेसुंगामा धर्मालम्बीहरुको भिड लाग्ने गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस