रुपन्देही कांग्रेसले जनसेवाका लागि सरकारी कार्यालयमा प्रतिनिधि खटाउने

३ श्रावण २०७०, बिहीबार ०७:५० मा प्रकाशित

रुपन्देही, ३ साउन । रुपन्देहीका सरकारी कार्यालयहरुमा सर्वसाधारण जनताको काम सहज गराउनका लागि नेपाली कांग्रेस रुपन्देहीले पार्टी प्रतिनीधि खटाउने निर्णय गरेको छ । पार्टीको जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले सर्वसाधारण जनताका कामलाई सहजता प्रदान गर्नका लागि कार्यालय खुल्ने प्रत्येक दिन विभागीय प्रमुखहरुलाई सरकारी कार्यालयहरुमा खटाउने निर्णय गरिएको जिल्ला सचिव रामकृष्ण खाणले जानकारी दिए ।
यस अभियानमा पार्टीका पदाधिकारीहरु, कार्यसमितीका सदस्यहरु तथा विभागीय प्रमुखहरुलाई पालैपालो सरकारी कार्यालयहरुमा खटाइने छ । जिल्ला सभापति अव्दुल रज्जाकको सभापतित्वमा बसेको सो बैठकले आसन्न संविधानसभाको निर्वाचनलाई लक्षित गरेर गाउँ, नगर तथा नगरका वार्ड समितिहरुमा संगठन विस्तारको अभियान सञ्चालन गर्ने पनि निर्णय गरिएको छ । सचिव खाणका अनुसार अभियान अन्तर्गत संविधानसभाको प्रचारप्रसार तथा पार्टीको क्रियाशिल सदस्यता वितरण गरिने छ ।
यहि साउन ६ गतेका दिन नेपाली कांग्रेसका संस्थापक नेता महामानव बीपी कोइरालाको ३१ औं स्मृत दिवसमा केन्द्रीय नेताहरुलाई आमन्त्रण गर्ने निर्णय गरिएको छ । विगतका वर्षहरुमा भन्दा भव्यताका साथ बिपी स्मृतीदिवस मनाउनका लागि यस्तो निर्णय गरिएको बताइएको छ । रुपन्देहीको टिकुलीगढ, चिलीया, मधवलीया र पडसरी गाबिसको सामुहिक बनमा बृक्षारोपण गर्ने निर्णय यसअगाडी नै गरिएको थियो । सोही कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यहरु बालकृष्ण खाण, रामकृष्ण ताम्राकार, बाबुराम राना लगायतका नेताहरुलाई आमन्त्रण गरिने छ । सो कार्यक्रमा पार्टीका सुभच्छुक तथा बिभिन्न तह र तप्कामा रहेका सवैलाई उपस्थितीको लागि आव्हान गरिएको छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४