चुनाव भएको एक वर्षमा संविधान जारी गर्ने दलहरुको प्रतिबद्धता

२ श्रावण २०७०, बुधबार २२:०४ मा प्रकाशित

काठमाडौं, २ साउन । मोहन वैद्य नृतृत्वको माओवादीले चुनावविरोधि गतिविधि बढाउनुअघि एकपटक गम्भीर रुपमा वार्ताको पहल गर्ने निचोडमा चारदलीय संयन्त्र पुगेको छ । प्रमुख चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बुधबार बसेको बैठकले निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट नेकपा–माओवादीलगायत दललाई औपचारिक पत्र पठाएर वार्ता प्रक्रियामा सहभागी हुन आग्रह गर्ने र बिहिबारदेखि नै असन्तुष्ट दलहरुसँग वार्ता थाल्ने निर्णय गरेको छ ।
चारदलका नेताहरुले चुनाव भएको ६ महिनाभित्र संविधानको पूर्ण मस्यौदा तयार गरेर १ वर्षभित्र संविधान जारी गरी काम गर्ने निर्णय समेत गरेको संयन्त्रका एक नेताले बताउ । १ वर्षभित्र संविधान जारी भइसकेपछि अर्को व्यवस्थापिका संसद्को चुनाव नहुँदासम्म संविधानसभाले नै व्यवस्थापिकाको काम गर्ने सहमति पनि चार प्रमुख दलका नेताहरु बिच भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४