काग्रेस र एमालेले अडान नछाडेपछि तीन दलको बैठक निष्कर्स विहीन

२८ चैत्र २०६८, मंगलवार १४:५९ मा प्रकाशित

काठमाडौ, २८ चैत ।  नेपाली काग्रेस र नेकपा एमालेले शान्ति प्रक्रिया सम्बन्धी आफ्नो अडानलाई कायमै राखेपछि शान्ति प्रक्रिया र संविधान निर्माणको क्रममा देखिएका विवाद समाधान गर्न बसेको मधेसी मोर्चा सहितको प्रमुख तीन दलको बैठक विना निष्कर्स टुङगिएको छ ।
सिहदरवार स्थित शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा बसेको दलहरुको बैठकमा नेपाली काग्रेस र नेकपा एमालले पहिला झै शान्ति प्रक्रिया अगाडि बढेपछि मात्रै संविधान निर्माणको विषयमा छलफल गर्न सकिने भन्दै अडान कायम राखेपछि बैठक सहमतिमा पुग्न नसकेको हो ।
माओवादीले शान्ति प्रक्रिया अगाडि बढीसकेकोले संविधान निर्माणको  विषयमा छलफल सुरु गर्न प्रस्ताव गरेको थियो । जसलाई काग्रेस र एमालेले अस्विकार गर्दै पहिला शान्ति प्रक्रिया अगाडि बढाउनु पर्ने अडान राखेका थिए ।
बैठकमा कुनै सहमति नभए पनि आजै अपरान्ह बस्ने सेना समायोजन विशेष समितिको बैठकको निर्णय हेरेर पुन बैठक बस्नेमा भने दलहरु सहमत भएको बताईएको छ ।
त्यसअघि आजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईबीच छलफल भएको थियो । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको सो भेटमा सेना समायोजन तथा संविधान लेखनका विषयमा पार्टीले राख्नुपर्ने अडानका विषयमा छलफल भएको थियो ।
भेटमा चैत समान्तसम्म सेना समायोजनको काम सक्ने भन्ने राजनीतिक दलहरुका बीचमा सहमति भए पनि दर्जा, तालिम अवधि, व्रिज तथा छनोट समितिमा रहने प्रतिनिधिहरुका विषयमा असहमति कायमै रहेको सन्दर्भमा त्यसलाई कसरी हल गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव