भारतीय राजदूतद्वारा प्रज्ञा प्रतिष्ठानका लागि तीनतले पुस्तकालय भवन निर्माणको घोषणा

२ श्रावण २०७०, बुधबार ११:०४ मा प्रकाशित

काठमाडौं, २ साउन । नेपालका लागि भारतका राजदूत जयन्त प्रसादले भानुभक्त र उनका कृति भारत र नेपालका जनतालाई जोड्न महत्त्वपूर्ण रहेको बताएका छन् । नेपाल–भारत पुस्तकालयमा आयोजित ‘पोएमाण्डु’को पाँचौँ शृङ्खलामा उपस्थित श्रोता अतिथिहरूलाई सम्बोधन गर्दै राजदूत जयन्तले भानुभक्तको अमरावती कान्तिपुरी नगरी कविताका केही हरफसमेत वाचन गरे । भानुभक्तको २००औँ जन्मजयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा उनले भारतको सिक्किम, देहरादुन, मैसुर, दार्जिलिङ तथा आसाममा समेत भानुको सम्झनामा विविध कार्यक्रम आयोजना गरिएको जानकारी गराए भने सोही अवसरमा राजदूत जयन्तले आदिकवि भानुभक्तको श्रद्धास्वरूप भारत सरकारले नेपाल प्रज्ञा–प्रतिष्ठानको तीनतले पुस्तकालय भवन निर्माणका लागि सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए । 
कार्यक्रममा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले उपस्थित सर्जक एवम् श्रोताहरूलाई स्वागत गर्दै ऐतिहासिक नेपाल–भारत पुस्तकालयमा यस्तो कार्यक्रम आयोजना गर्न पाउँदा आफूहरूलाई खुसी लागेको बताउादै रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरी भानुभक्तले दुई भगिनी राष्ट्रप्रति महत्त्वपूर्ण योगदान गरेको स्मरण गरे ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति बैरागी काइँला र कमलमणि दीक्षितले नेपाली साहित्यमा भानुभक्तको केही पद्यहरू वाचन गर्नुको साथै योगदान स्मरण गरे भने पूर्वराजदूत डा. जयराज आचार्यले अङ्ग्रेजीमा अनुवाद गरिएका भानुभक्तको रामायणका केही पद्यहरू वाचन गर्नुका साथै रामायणको सुन्दरकाण्डबारे श्रोताहरूलाई जानकारी दिए । उनले अमेरिका बस्दा भानुभक्तको रामायणलाई नेपालीबाट अङ्ग्रेजीमा अनुवाद गरेकोसमेत खुलासा गरे ।
पोएमाण्डुमा मूर्धन्य कविहरू हेमन्त विवश, डा. जयराज आचार्य, गीता त्रिपाठी, प्रा.डा. प्रयागराज वशिष्ठ, नवराज लम्साल, हेमचन्द्र नेपाल, शैलेन्द्र प्रकाश, धनबहादुर ओली, डा. रामभरोश कापडी, ईश्वरी कार्की, श्याम रिमाल, जयन्त पोखरेल र प्रभा भट्टराई आदिले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा