कोइराला पनि भारत भ्रमणको रोलमा, सुशीलअघि एमाले नेताको पालो

२ श्रावण २०७०, बुधबार १०:५७ मा प्रकाशित

काठमाडौं, २ साउन । नेपाली कांग्रेसका सभापति सुशील कोइराला भारत भ्रमणमा जानुहुने भएको छ । अमेरिकामा स्वास्थ्योपचार गराएर यसै साताको प्रारम्भमा स्वदेश फर्कनुभएका कोइरालालाई भारतको भ्रमण गराउन दुईपक्षीय पहल भइरहेको छ । तर, उहाँको भ्रमण एक महिनापछि मात्र हुनसक्ने सम्बद्ध सूत्रहरूले जनाएका छन् । यसअघि काङ्ग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवाले भारतको भव्य भ्रमण गर्नुभएको थियो । त्यसैले तत्काल कोइरालाको भ्रमण हुँदा अर्कै प्रकारको सन्देश जानसक्ने भएकोले निकट भविष्यमै नेकपा–एमालेको उच्चस्तरीय टोलीलाई भारतको भ्रमण गराउने तयारी भइरहेको छ । आगामी दुई साताभित्रै एमाले अध्यक्ष झलनाथ खनाल वा वरिष्ठ नेता माधव नेपाल नेतृत्वको टोलीले भारतको भ्रमण गरेमा एक महिनापश्चात् सभापति कोइरालाको भ्रमण हुनसक्ने बताइएको छ । कोइरालाको भारत भ्रमणपश्चात् देउवाको भ्रमणले पैदा गराएको अफवाह अन्त्य हुने र नेपाली काङ्ग्रेस र भारतबीचको समझदारी उचाइमा पुग्ने विश्वास गरिएको छ । देउवाको भ्रमणलाई लिएर नेपालमा अनेकौँ टीका–टिप्पणी भएका थिए । कतिले भारतद्वारा देउवालाई विशेष महत्त्व दिइएको र अब कुनै खास अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको अनुमान र टिप्पणी गरेका थिए । तर, अब कोइरालाको भारत भ्रमण भएमा पूर्वअनुमान र टिप्पणी स्वत: गलत सिद्ध हुने विश्वास गरिएको छ । तर, कोइरालाको भ्रमणअघि एमालेको उच्चस्तरीय टोली भारत जाने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको नियोकोभ कोरोना भाइरसबारे थप अध्ययन आवश्यक रहेको बताएको छ। चीनका अनुसन्धानकर्ताहरुले दक्षिण

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको