सचिव बढुवाको तयारी, थापाको नाममा परराष्ट्रमा बेग्लै चर्चा

२ श्रावण २०७०, बुधबार ०७:४७ मा प्रकाशित

काठमाडौं, २ साउन । लोक सेवा आयोगको बढुवा समितिको हालै बसेको बैठकले पाँच सचिवका लागि १५ जना सहसचिवको नाम सिफारिस गरेको छ। लोकसेवाकी अध्यक्ष कयोदेवी यमी, मुख्यसचिव तथा समिति सदस्य लीलामणि पौडेल, सामान्य प्रशासन मन्त्रालयका सचिव दुर्गानिधि शर्मा, लोक सेवा आयोगका सदस्य टीकादत्त निरौला र त्रिविका एक प्राध्यापक उपस्थित बैठकले ६ सचिवका लागि १५ जनाको नाम सिफारिस गरेको हो । एकजना वरिष्ठतम सहसचिवलाई सचिव बनाइने निर्णय बढुवा समितिको सोमबार बसेको बैठकले गरेको स्रोतको कथन छ। 
प्रतिस्पर्धा नगरी सिनियर सहसचिवबाट कन्फर्म सचिवमा बढुवाका लागि सहरी विकास मन्त्रालयका राजकुमार मल्लको नाममा सहमति भएको सामान्य प्रशासन मन्त्रालय स्रोतले बतायो। हाल उनी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमा महानिर्देशक छन् । सिफारिस गरिएकामा प्रशासन र कानुन क्षेत्रका सहसचिवहरू छन्। सचिवका लागि सहसचिवहरू अनुप उपाध्याय, श्रीरञ्जन लाकौल, लोकदर्शन रेग्मी, अर्जुनकुमार कार्की, नारायण रेग्मी, नागेन्द्र शर्मा, भोला सिवाकोटी, पूर्णचन्द्र भट्टराई, शंकर अधिकारी, रञ्जन अर्याल, कृष्ण गिरी (निमित्त सचिव न्याय परिषद्), टेकप्रसाद ढुंगाना, कमलसाली घिमिरे, यादव घिमिरेलगायत रहेको बताइएको छ । यिनैमध्येबाट बिहीबार बस्ने मन्त्रिपरिषद्ले पाँच सहसचिवलाई सचिवमा बढुवा गर्नेछ। यसअघि सचिवका लागि सिफारिस गरिएका सहसचिवहरू नै अहिले पनि प्राथमिकतामा परेको बढुवा समितिले जनाएको छ। ऊर्जा मन्त्रालयबाट उपाध्याय, कार्की, लाकौल र अर्का सहसचिव गरी चारजना रहेका छन्। यसअघि लाकौल २ र उपाध्याय ७ नम्बरमा सिफारिसमा परेका थिए। उपाध्याय विद्युत् विकास विभागका महानिर्देशक छन्। यस्तै, सिफारिस हुनेमा अर्थबाट रेग्मी र अधिकारी, सहरी विकासबाट नारायण रेग्मी, गृहबाट सिवाकोटी, पर्यटनबाट भट्टराई, कानुन मन्त्रालयबाट ढुंगाना, अर्याल, न्यायपरिषद्बाट गिरी र घिमिरे छन्।
बढुवा समितिले कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, वरिष्ठता र अनुभवका आधारमा सचिव बढुवाका लागि नाम सिफारिस गर्ने गर्छ । स्रोतका अनुसार पाँचमध्ये चारजना प्रशासन र प्राविधिक तथा एकजना कानुनबाट सहसचिव सचिवमा बढुवा हुनेछन् । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र चारओटा क्षेत्रीय प्रशासन कार्यालय सचिवविहीन छ । यसअघिको मन्त्रिपरिषद् बैठकले क्षेत्रीय प्रशासन कार्यालय पूर्वका जनार्दन नेपाल र क्षेत्रीय प्रशासन कार्यालय सुदूरपश्चिमका शारदाप्रसाद त्रिताललाई क्रमशः वाणिज्य तथा आपूर्ति र राष्ट्रपति कार्यालयमा जिम्मेवारी दिएपछि त्यहाँ सचिव पद खाली हुन पुगेको हो ।
यसैबीच सरकारले संयुक्त राष्ट्रसंघीय नियोग प्रतिनिधिमा सचिव दुर्गाप्रसाद भट्टराईलाई नियुक्त गरेपछि परराष्ट्रसचिवमा गैरकुटनीतिक चरित्रका एवम् बदनाम व्यक्तिको नियुक्ति हुने कुराले परराष्ट्रमन्त्रालयका कर्मचारीहरू चिन्तित भएका छन् । केवल समयगुजारेका आधारमा ‘योग्य’ हुन पुगेका सहसचिव अर्जुनबहादुर थापालाई सचिव बनाउन लागिएपछि त्यस्तो चिन्ता व्यक्त भएको हो । शाहीकालमा ज्ञापनपत्र बुझाउनेहरूलाई कार्यालयको ढोकासमेत नखोली अपमान गरेर पठाउने तथा प्रजातन्त्रसमर्थक भएकै कारण कर्मचारी नारायणदेव पन्तको करियर नै समाप्त गर्ने थापा युएईमा राजदूत रहँदा मदिरासेवनमा उच्च रेकर्ड कायम गर्ने व्यक्तिका रूपमा चिनिन्छन् । सरकारले विवादास्पद व्यक्तिलाई चयन नगरी जेनेभास्थित राजदूत शंकर बैरागीलाई सचिव नियुक्त गर्दा देशको इज्जत जोगिने परराष्ट्र सुत्रको बुझाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक