संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा दुर्गा भट्टराई नियुक्त

१ श्रावण २०७०, मंगलवार २२:२१ मा प्रकाशित

काठमाडौं, १ साउन । संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधिमा दुर्गाप्रसाद भट्टराई नियुक्त भएका छन् । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भट्टराईलाई विगत एक वर्ष देखि रिक्त रहेको उक्त पदमा मंगलबार नियुक्त गर्नुभएको हो । 
भोजपुरको सिद्धेश्वर गाविस–३ दावाँका दुर्गाप्रसाद भट्टराई यसअघि परराष्ट्र सचिव थिए। मन्त्रिपरिषद्को सोमबार राति बसेको आकस्मिक बैठकले भट्टराईलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित नेपाली नियोगमा नायव स्थायी प्रतिनिधिका रुपमा सेवा गरिसकेका भट्टराई परराष्ट्र सचिवको जिम्मेवारी सम्हाल्नुअघि श्रीलङ्काका लागि नेपाली राजदूत थिए । खुला प्रतिस्पर्धाबाट परराष्ट्र सेवाको सहसचिवमा २०५४ सालदेखि कूटनीतिक जीवन प्रारम्भ गरेका उनी २०४३ सालमा निजामती सेवामा शाखा अधिकृतका रुपमा प्रवेश गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस