करोड घुस नपाएपछि एमाओवादी नेताद्वारा ‘खेताला जुलुस’ प्रदर्शन

१ श्रावण २०७०, मंगलवार १९:०१ मा प्रकाशित

काठमाडौं, १ साउन । काठमाडौं महानगरपालिका र साइडवाकर्स ट्रेडर्स प्रा.लि.बीच गत चैत ५ गते ऐतिहासिक वसन्तपुर र सुन्धारा क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न गरिएको सम्झौता तुहाउन एमाओवादीका केन्दीय सदस्य सर्वोत्तमदास डंगोल र मानवअधिकारवादी तथा जातीय नारा दिएर द्धेष फैलाउँदै आएका मल्ल के. सुन्दर जोडतोडले लागि परेको बुझिएको छ । 
सार्वजनिक निजी साझेदारी (पीपीपी) कार्यक्रमका लागि मुलुककै नमूना साइडवाकर्सलाई संरक्षणको जिम्मेवारी महानगरले लिएको हो । उसले २०६१ देखि धरहराको जिम्मेवारी लिई आएको छ । तर पछिल्लो पटक सम्मानित सर्वोच्च अदालतको वि.सं. २०६७ माघ ४० को निर्देशनात्मक आदेश परिपालनार्थ विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबारक्षेत्रसँग जोडेर धरहराको पनि विश्वव्यापी प्रचारप्रसार गर्न महानगरले साइडवाकर्ससंग सम्झौता गरेको थियो । अहिले सो सम्झौताको विरोधमा डंगोल र मल्लले भाडाका मान्छे जम्मा गरेर विरोध गरिरहेका छन् ।
स्रोतका अनुसार काठमाडौ महानगरमा एमाओवादीका तर्फबाट दलित संयन्त्रको प्रतिनिधी रहेका डंगोलले सम्झौता कार्यान्वयन गराउने भए एक करोड दिनुपर्ने माग राखेका थिए । तर साइडवाकर्सले उक्त रकम दिन नसक्ने बताएपछि डंगोलले सम्झौता कार्यान्वय गराउन नदिने सार्वजनिक रुपमै बताउँदै आएका थिए । राष्ट्रिय सभागृहमा ३० असारका दिन काठमाडौ महानगरपालिका बजेट सार्वजनिक गर्ने कार्यक्रममा आफू भित्र बसेर डंगोलले बाहिर ज्यालादारिमा ‘सम्पदाप्रेमी’को हुल जम्मा गरी सम्झौता रद्ध गराउन खेताला लगाएका हुन् । जुलुसको नेतृत्व मल्ल के. सुन्दरले गरेका थिए । उता प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलेचाहिँ सम्झौता तत्काल कार्यान्वयन गराउन पत्राचार गरेको छ भने सम्मानित सर्वोच्च अदालतले पनि फैसला कार्यान्वयन गराउन सरकारलाई यसअघि नै पत्राचार गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र