वैद्य गए पनि यादव चुनावमा नजाने

१ श्रावण २०७०, मंगलवार १४:४६ मा प्रकाशित

काठमाडौं, १ साउन । कांग्रेस सभापति सुशील कोइरालाले अमेरिकाबाट फर्कने क्रममा त्रिभुवन बिमानस्थलमा ओर्लंदाओर्लंदै माओवादीले माग गर्दै आएको गोलमेच बैठक अनावश्यक भएको अभिव्यक्ति दिएका थिए । कोइरालाकै अभिव्यक्ति मिल्दोजुल्दो धारणा मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मंगलबार वीरगञ्जमा दिएका छन् । 
मधेशी पत्रकार समाज पर्साले मंगलबार वीरगंजमा आयोजना गरेको पत्रकार भेटघाटमा यादवले लहडको भरमा गोलमेच सम्मेलन गरे त्यसले मुलुकलाई झन विवादमा लग्ने दाबी गरे । औपचारिकता पूरा गर्न गरिने गोलमेच सम्मेलनको कुनै औचित्य नहुने उल्लेख गर्दै यादवले गोलमेच सम्मेलन गर्ने हो भने त्यसको उद्देश्य, वैधानिकता, कार्यविधि अगाडि नै तय हुनुपर्ने प्रस्ट्याए ।
गोलमेच सम्मेलनमा बिघठित संविधान सभाले गरेका ९० प्रतिशत कामलाई टेकेर बाकी १० प्रतिशत काम सम्मेलनबाटै पूरा गर्नु पर्ने उनको भनाइ थियो ।
फोरम नेपाल लगायत बिपक्षी दलहरुको माग पूरा नगरी सैनिक उतारेर चुनाव गर्न खोजे मुलुक द्वन्द्वमा जाने उनले चेतावनीदिँदै यादवले नेकपा माओवादीसंग फोरम नेपालको हाल कुनै पनि मोर्चाबन्दी नरहेको जानकारी दिए र यथास्थितिमै कथम् नेकपा माओवादी चुनावमा गए पनि फोरम नेपाल नजाने यादवको भनाइ थियो । चुनावमा मधेशी दलहरुबीच सहकार्यको सम्भावना रहेपनि अनुहार हेरेर नभई नीति,लक्ष्य, बिचार र चरित्र मिल्नेसँग मात्र सहकार्य हुन सक्ने यादवले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान