८१ किलो चरेससहित तस्कर पक्राउ

१ श्रावण २०७०, मंगलवार ०९:५५ मा प्रकाशित

काठमाडौं, १ साउन । वीरगञ्जका विभिन्न स्थानबाट प्रहरीले सोमबार बिहान ९३ किलो प्रतिबन्धित लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । देवरबाना–२ निवासी रुसमहम्द अन्सारी र श्रीपुर निवासी जोगीलाल साहलाई नेपालबाट भारततर्फ लैजान लागिएको चरेससहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । ग्रामीण भेगबाट खरिद गरिएको लागुऔषध शरीरमा लुकाइछिपाई वीरगन्ज भित्र्याउने क्रममा विशेष सुराकीको आधारमा अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जको टोलीले ती दुईलाई नियन्त्रणमा लिएको बताइएको छ ।
यसैगरी प्रहरीले तुल्सीबरवा–३ मा पर्ने सिक्टा खोलाको किनारबाट बेवारिसे अवस्थामा ८१ किलो चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी सीमा बेसक्याम भिस्वाबाट खटेको सशस्त्र प्रहरी टोलीले नियमित गस्तीको क्रममा बेवारिसे अवस्थामा ८१ किलो चरेस बरामद गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको प्रहरी निरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा चरेस तस्करहरु खोलाको तिरमा फ्याँकी फरार भएको निरीक्षक पाण्डेले बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा