शक्तिखोरमा समायोजनको काम अवरुद्ध

२८ चैत्र २०६८, मंगलवार १३:३९ मा प्रकाशित

काठमाडौ, २८ चैत । केन्द्रको निर्देशनमा शक्तिखोर शिविरमा सेना समायोजनको काम अवरुद्ध भएको छ । कमान्डरले सेना समायोजनको काम अघि बढाउन सहमति जनाए पनि सेनामा समायोजन हुने संख्या यसअघिको सम्झौताविपरित भएको भन्दै लडाकू विरोधमा उत्रिएपछि समायोजनको काम अवरुद्ध भएको हो ।
हिजो शिविरका कमान्डर, पार्टी नेता र सैन्य विभाग इन्चार्ज राजधानी गएर समायोजनको बाँकी काम अघि बढाउने सहमति गरेपनि आज केन्द्रबाटै समायोजनको काम रोक्न निर्देशन आएपछि अवरुद्ध भएको बताईएको छ । यसअघिको सेना समायोजन विशेष समितिले समायोजनमा जान चाहनेलाई चैत मसान्तसम्म सेनाको जिम्मा लगाउने र स्वेच्छिक अवकास रोज्ने थप  लडाकु बाहिर पठाएर शिविर खाली गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अर्थमन्त्री प्रकरण प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नजिकबाट निगरानी गरिरहेको बताएका छन् । मंगलबार

आजको प्रमुख समाचार