प्रचण्ड अब ‘संयन्त्र’का संयोजक

१ श्रावण २०७०, मंगलवार ०९:३३ मा प्रकाशित

रासस, काठमाडौं, १ साउन । उच्चस्तरीय राजनीतिक समितिले नेकपा (माले), नेकपा (संयुक्त) र राष्ट्रिय जनमोर्चा नेपालसँग निर्वाचनलाई कसरी सफल बनाउने भन्ने विषयमा संयुक्त छलफल गरेको छ। समितिको कार्यालय नयाँ वानेश्वरमा सोमबार भएको छलफलमा संविधानसभाको निर्वाचनलाई सफल बनाउनका लागि सबै दलका बीचमा सामूहिक प्रतिवद्धता जरुरी भएको भन्दै त्यसो गर्न सकिए मात्रै निर्वाचन प्रभावकारी हुने निष्कर्ष निकालिएको थियो।
छलफलमा सहभागी नेकपा (माले)का महासचिव सिपी मैनालीले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेको र यसरी पहिलो पटक समितिसँग छलफल गर्न पाउँदा खुसी लागेको भन्दै निर्वाचनलाई सफल बनाउनका लागि आफ्ना तर्फबाट योगदान दिने बताएको नेकपा (एमाले)का नेता रघुजी पन्तले जानकारी दिए।
महासचिव मैनालीले तराई मधेसका जिल्लाहरूमा नागरिकता वितरण गर्दा गैरनागरिले नागरिकता पाएको भन्दै सो सम्बन्धमा तत्काल छानबिन गर्न र गैरनागरिकले पाएको नेपाली नागरिकता खारेज गर्न माग गरेका थिए।
उनले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिए सहज हुने धारणासमेत राखेको नेता पन्तले जानकारी दिए।
यसैगरी नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले आफूहरू नेकपा–माओवादीको मोर्चा नरहेको भन्दै निर्वाचनलाई समयमै सफल बनाउन आफ्नो पार्टीका तर्फबाट विशेष योगदान दिने प्रतिबद्धता जनाएका थिए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आगामी मङ्सिर ४ गते संविधानसभाको निर्वाचन सम्पन्न गरेर मुलुकलाई राजनीतिक निकास दिनुपर्ने र निर्वाचन सार्ने भन्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने धारणा समितिको छलफलमा राखेको नेता पन्तले जानकारी गराए।
यसैगरी आजको बैठकले समितिको संयोजक पालैपालो गर्ने प्रणाली अनुसार एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले साउन १ गते देखि समितिको संयोजकको जिम्मेवारी सम्हाल्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर