रुपन्देहीमा आधुनिकस्तरको उद्योग सञ्चालनमा

१ श्रावण २०७०, मंगलवार ०८:२२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १ साउन । पशुपंक्षीको दाना तथा चल्ला उत्पादन गर्दै आएको न्यू माउण्टफिड इण्डष्ट्रिज आन्नदवन—२ कोमुख्य लगानी र व्यवस्थापनमा रुपन्देहीको चिल्हियामा आधुनिकस्तरको उद्योग सचालनमा आएको छ । हिमाल एग्रो इण्डष्ट्रिज प्रा.लिका नाममा सञ्चालित उक्त उद्योगकको सोमबार एक समारोहबीच शुभारम्भ गरियो । कुखुरा, हाँस, गाई, भैंसी, बंगूर आदि पशुपंक्षी व्यवसायीक रुपमा पाल्ने उद्योग तथा किसानलाई आवश्यक पर्ने पशुपंक्षीका पौष्टिक र सन्तुलित दाना तथा कुखुराका उच्च नश्लका चल्ला उत्पादन गर्ने मूख्य उद्देश्यका साथ उद्योग सञ्चालन गरिएको उद्योगका कार्यकारी अध्यक्ष गोपाल टण्डनले बताए । 
गत साल कम्पनी रजिस्टारको कार्यालय तथा साना तथा घरेलुउद्योग कार्यालयमा विधिवत रुपमा दर्ता भएको यस हिमाल एग्रो इण्डष्ट्रिज प्रा.लि.ले आफ्नो पहिलो ब्रान्डको रुपमा बुस्टर फिडनामको दाना उत्पादन सुरु गरेको छ । समयको मागसँगै विगतमा प्रयोग हुँदै आइरहेको मास (धुलो) दानाले व्यावसायिक कुखुरापालनलाई पर्याप्त गुणस्तर नपूगेको यथार्थलाई आत्मसाथ गर्दे पैलेट (गोटी) दाना उत्पादन शुरु गर्न लागिएको टण्डनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

ललितपुर । बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर

काठमाडौँ। सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् । सरकारले लामो समयदेखि नवीकरण

म्याड्रिड । विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ । राष्ट्रसंघीय विश्व पर्यटन

काठमाडौँ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत