रुपन्देही उद्योग बाणिज्य संघद्वारा बजेटको स्वागत

१ श्रावण २०७०, मंगलवार ०८:१९ मा प्रकाशित

रुपन्देही, १ साउन । नयाँ बजेटको चौतर्फी आलोचना भइरहेको सन्दर्भमा रुपन्देही उद्योग बाणिज्य संघले भने बजेटको स्वागत गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरि संघले लामो समयको अन्तरालपछि समयभित्रै सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष ०७०/७१ को पूर्ण बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएको हो । 
विज्ञप्तिमा यो सरकार चुनावी सरकार भएको हुँदा त्यसको आफ्नै अन्तरनिहित सीमाहरु भएकाले राष्ट्रिय सहमति र कार्यसूचीमा वजेट तयार गर्नु परेको कुरामा हामी स्पष्ट छौ भनिएको छ । दीगो, उच्च र फराकिलो आर्थिक बृद्धिका लागि औद्योगिक विकासँगै उत्पादन र उत्पादकत्वमा ध्यान दिनुपर्ने वर्तमान अवस्थामा वजेटमा कृषि र उर्जा क्षेत्रमा तय गरिएका नीतिहरु सकारात्मक पक्ष रहे पनि स्थायी औद्योगिक विकास र सुरक्षाको विषयमा आवश्यक नीतिहरु आउन नसकेको बताइएको छ ।
निर्यात प्रवद्र्धनको निम्ति अगाडी सारिएका कार्यक्रमहरुले सारमा निर्यात प्रर्वद्धनमा ठूलो उपलब्धि हासिल हुन नसक्ने रुपन्देही उबा संघको ठम्याई छ । त्यसैगरी कर तथा राजश्वका कार्यक्रमहरुले औद्योगिकीकरणमा खासै उल्लेखनीय सुधार ल्याने सक्ने स्थिति देखिँदैन भन्दै लामो समयसम्म पूर्ण वजेट आउन नसक्दा आर्थिक क्षेत्रमा देखापरेका नकारात्मक असरहरुलाई यसपटकको वजेटले तोड्ने विश्वास आमउद्योगीहरुको रहेको उल्लेख गरिएको छ ।
समयमा वजेट आएका कारण विकास निमार्णका काम हुने र त्यसले औद्योगिक
उत्पादन खपत हुने सकारात्मक पक्ष रहँदा रहदै पनि अगाडीका सरकारहरुले ल्याएका वजेटका नीतिहरु कार्यान्वनमा देखिएका समस्या यसपटक पनि नहोला भन्ने विश्वस्त आधारहरु पाउन सकिएको छैन भन्दै वजेटले अगाडी सारेको लगानीमैत्री वातावरण र निजी क्षेत्रको प्रवद्र्धनका लागि ल्याइएका विषयहरु शिघ्र कार्यान्वयन आजको आवश्यक्ता औंल्याएको छ । उद्योग र औद्योगिक वातावरण निर्माणका लागि आवश्यक नीतिगत कुरामा वजेटमा ठोस कुराहरु आउन नसकेको, नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने कुरा प्राथमिकतामा नपरेको र लोड सेडिङको समस्यालाई समाधान गर्ने विषयमा नयाँ उपाय आउन नसकेको भन्दै यसतर्फ सरकारको ध्यानाकृष्ट गराईएको छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड