वाल्टिमोरमा एक नेपाली आफ्नै कोठामा मृत फेला

१ श्रावण २०७०, मंगलवार ०१:२७ मा प्रकाशित

वाल्टिमोर, अमेरिका । वाल्टिमोरमा वस्दै आएका २७ वर्षिय हेमन्त घिमिरे जुलाई १३,२०१३ मा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । चार महिनादेखि निज घिमिरे मानसिक रोगले ग्रस्त भएपछि उनलाई युनिभर्सिटी अफ मेरिल्याण्ड हस्पिटलमा उपचारार्थ राखिएको थियो । घिमिरेको अवस्थामा केही सुधार आएकाले केही दिन अघि अस्पतालले घर जान स्वीकृति दिएको थियो । उनले आत्म हत्या गरेको हुन सक्ने आशंका गरिएको छ ।
कैलाली जिल्ला धनगढी नगरिपालिकाका स्थायी वासिन्दा घिमिरे सन् २०१० मा आक्लोहामा राज्यमा अध्ययनका लागि आएका थिए । घिमिरेलाई मानसिक रोगले ग्रस्त बनाउदै गएपछि अध्ययनबीचमै छोडेर मेरिल्याण्डमा वसाई सरेका थिए निजकी आमा पनि मानसिक रोगले पीडित छन् । बाबु मुटु रोगी छन् । सबै पारिवारिक अवस्था चिन्ताजनक छ । निजका आफन्तहरु अमेरिकाकामा कोही छैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत