कार्यक्रमको बहानामा रिल्याक्स गर्न महानायक लन्डन प्रस्थान

२८ चैत्र २०६८, मंगलवार १३:३६ मा प्रकाशित

अभिनेता राजेश हमाल रिल्याक्सका लागि तीन साता लामो लन्डन भ्रमणमा सोबार साँझ  त्यसतर्फ उडेका छन् ।  सामाजिक संस्था संसारा नेपालको निम्तोमा त्यता तर्फ प्रस्थान गरेका हमालले आफ्नो लन्डन यात्रालाई विदा मनाउन उपयोग गर्नेछन् । हुन्डीविरुद्धको दुई दिने कार्यक्रमपछि उनी बाँकी दिन संयुक्त अधिराज्यका अन्य सहरमा घुमघाम र रिल्याक्समा लाग्नेछन् ।

अन्य कलाकारसँगै लन्डन पुगेपछि हमाल समारोहपछि भने खास व्यक्तिसँग बाहेक सम्पर्कमा रहनेछैनन् । हमालका सहयोगी चिरञ्जीवि आचार्यले प्रेमिका मधु भट्टराईविनै हमाल त्यता उड्न लागेको बताए । थाइ एयरको विमानबाट राती दस बजे उनी उड्दैछन् । हमालले आफ्नो विदेश यात्रालाई विदा मनाउन उपयोग गर्ने गरेका छन् । जापान, थाइल्यान्ड र अमेरिका भ्रमणमा उनी भ्याकेसन मुडमा थिए ।  ‘सुटिङको धपेडी बिर्सिएर उहाँ रिल्याक्स मुडमा हुनुहुनेछ’ आचार्यले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा