कंगोमा बिद्रोहीको एम्बुसमा परेर तीन नेपाली सैनिक घाइते

३१ असार २०७०, सोमबार २१:५९ मा प्रकाशित

काठमाडौं, ३१ असार । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि मनुस्को मिसन कङ्गोमा तैनाथ श्री भैरवीदल गण १८ औं डफ्फामा खटिएका श्रीनारायण दल गणका तीन सैनिकहरू कङ्कोका विद्रोहीको एम्बुसमा परी घाइते भएका छन् । आइतबार दिउँसोको गस्तीमा निस्केका नेपाली सेनाको टोली हेडक्वार्टर माभिभीबाट उत्तरतर्फ पर्ने मावो भन्ने इलाकामा पुग्दा एलाइड डेमोक्रेटिक फ्रन्ट नामक विद्रोही समुहको एम्बुसमा परी घाइते भएका सैनिक जनसम्पर्कनिर्देशनालयले जनाएको छ ।
बताइएअनुसार सैनिक टोली गण हेडक्वार्टरबाट सय किमि उत्तरपूर्वमा पर्ने कामाङ्गो इलाकातिर गस्ती जाने क्रममा मावोबाट १० कि.मि. पूर्व लागेपछि एम्बुसमा परेका थिए । उक्त घटनामा तीन जना सैनिकहरु घाईते हुनुका साथै एउटा ल्याण्डक्रुजर गाडी र अर्को एक माइन प्रोटेक्टिभ भेइकलसमेत क्षतिग्रस्त भएको छ । घाईते सैनिक जवानहरुको अवस्था खतरामुक्त रहेको र हाल उक्त ईलाकामा संयुक्त राष्ट्रसंघीय फौज परिचालित रहेका बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास