माओवादीद्वारा सय बिघा नीजि जमिन कब्जा

३१ असार २०७०, सोमबार २१:२४ मा प्रकाशित

काठमाडौं, ३१ असार । एकीकृत माओवादीबाट छुट्टिएर नेकपा–माओवादी बनेका मोहन वैद्य नेतृत्वका माओवादीले निर्वाचनविरोधि क्रियाकलाप मात्रै होइन, मुलुकभर जग्गा कब्जाको रणनीति समेत अपनाएका पुष्टि हुँदै आएको छ । केही समयअघि पश्चिमका केही जिल्ला र धनकुटालगायत पूर्वी क्षेत्रमा व्यक्तिका घरजग्गा जबर्जस्ती हडपेका माओवादी कार्यकर्ताले धनुषाको दुई स्थानमा सय बिघा निजी जग्गा कब्जा गरेको छ । यसअघि मातृका यादव नेतृत्वको माओवादी यसरी नीजि जग्गा कब्जा अभियानमा सक्रिय थियो । सो पार्टीले अझै जग्गा कब्जाको नीति अख्तियार गर्दै आएको छ ।
नेकपा–माओवादीका जिल्ला सेक्रेटरी अजय पासवानको नेतृत्वमा गएको दुई दर्जन बढी नेता–कार्यकर्ताले धनुषाको उमाप्रेमपुर–७ स्थित नौ सय बिघामा सय बिघा जग्गा कब्जा गरेको बुझिएको छ । सीताराम पन्त र सुप्रियादेवी पन्तको नाममा रहेको सय बिघा जग्गा कब्जा गरिएको हो । म्यानपावर व्यवसाय गरेर हाल काठमाडौंमा बस्दै आएका पन्त दम्पत्तीले सो जग्गा बेच्न लागेका थिए । यसको सुइँको पाउनेवित्तिकै माओवादीले झण्डा गाडेर कब्जा घोषणा गरेका हुन् । पासवान नेतृत्वको टोली पन्तको नीजि जग्गामा पुगेर नेकपा–माओवादीको झन्डा गाड्दै जग्गा कब्जाको घोषणा गरेका थिए ।
यसैगरी, नेकपा–माओवादीका मिथिला ब्युरो इन्चार्ज कृष्णदेव सिंह दनुवारको निर्देशनमा धनुषाको तारापट्टीका गंगाप्रसाद साहको मिथिलेश्वर मौवाही–४ मा रहेको १२ कठ्ठा जग्गा माओवादीले कब्जा गरेको छ । साह परिवारले पनि आफ्नो जग्गा बेच्ने तर्खर गरिरहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४