प्रशंसाले मञ्चमै रुवायो भगवानलाई

३१ असार २०७०, सोमबार १६:१४ मा प्रकाशित

काठमाडौं, ३१ असार । सुप्रसिद्ध मुटुरोग विशेषज्ञ डा. भगवान् कोइराला यतिबेला त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालीरहेका छन् । सोमबार शिक्षण अस्पतालको वार्षिकोत्सव कार्यक्रम मनाउँदै गर्दा डा. भगवान् भने मञ्चमै तररुक्कैरुन पुगे । अस्पतालको ३१ औं वार्षिकोत्सवको कार्यक्रममा कार्यक्रम सञ्चालकले डा. कोइरालाको नेतृत्वमा अस्पतालले गरेको प्रगति दिलचस्प ढंगमा सुनाउन थाले । सहिद गंगालाल हृदयरोग अस्पतालको स्थापना र त्यसले पुर्याएको सेवा अनि भगवान् कोइरालाको योगदानको चर्चा गर्दै शिक्षण अस्पतालले लिनथालेको गति बारे सन्दर्भ उल्लेख हुन थालेपछि कोइरालाले मन थाम्न सकेनन् । प्रशंसाले भावुक डाक्टरको गला अवरुद्ध भयो र आँखामा आँसु छचल्किए।
त्रिभुवन विश्वविद्यालय बाहेक सरकारले अस्पताललाई २६ करोड रुपैयाँ प्रदान गरेको र सो रकम जनताको सेवामा अधिकतम लगाउन आफूले काम गरिरहेको सो क्षण्मा कोइरालाले बताए।
त्रिवि शिक्षण अस्पताललाई सुधार कार्यक्रममा सरकारले बचनवद्धता पूरा नगरेको एवं त्रिविले असहयोग गरेकोमा गत फागुनमा कार्यकारी निर्देशकबाट राजीनामा दिएका कोइराला तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको विशेष आग्रहपछि जिम्मेवारीमा फर्किएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा