निर्वाचन क्षेत्र निर्धारण आयोग रनभुल्ल

३१ असार २०७०, सोमबार १५:३० मा प्रकाशित

काठमाडौ, ३१ असार । निर्वाचन क्षेत्र निर्धारण आयोगले उच्चस्तरीय राजनीतिक समितिमा रहेका एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरूलाई प्राविधिक समस्या र संवैधानिक अड्चन कसरी फुकाउने भन्नेबारे राजनीतिक सहमति जुटाउन आग्रह गरेको छ । चुनाव क्षेत्र थप्न आवश्यक सिट झिक्ने ठाउँ नभएपछि नयाँ संवैधानिक व्यवस्थाका लागि आयोगले राजनीतिक नेतृत्वको सहयोग मागेको हो । निर्वाचन क्षेत्र चलाउन सकिने २५ जिल्लामा जनसंख्या बढेकाले सिट घटाउने ठाउँ नभएको उल्लेख गर्दै जनसंख्या वृद्धि भएका काठमाडौंसहितका सहरी क्षेत्र र तराईका केही जिल्लामा २५ सिट थप्नुपर्ने आयोगका पदाधिकारीहरुले बताएका छन् ।
संविधानको प्रतिबन्धात्मक व्यवस्थाअनुसार ७५ जिल्लाका २०५ क्षेत्रलाई घटाउन नपाइने भएपछि आयोगले अघिल्लो निर्वाचनअघि २५ जिल्लामा थप भएका ३५ क्षेत्रलाई मात्र चलाउन सक्छ । अघिल्लो पटक थपिएका २५ जिल्लामध्ये एक लाखभन्दा बढीले जनसंख्या वृद्धि भएका जिल्ला १३ वटा छन् । त्यसैले तराई र काठमाडौंमा माग भएको सिटका लागि घटाउने ठाउँ पाउन गाह्रो भएको हो । तर, बाधा अड्काउ फुकाउ आदेशमा आगामी संविधानसभा चुनावका लागि देशभर २४० भौगोलिक क्षेत्र रहने स्पष्ट व्यवस्था भएकाले आयोगले सिट संख्या थप गर्न सक्दैन ।
आयोगले राखेको समस्या गम्भीर प्रकृतिको भएको र यसमा राजनीतिक तहमा छलफल पछि मात्र निर्णयमा पुग्न सकिने भन्दै शीर्ष नेताहरु तत्काल निर्णय दिनबाट पन्छिएका छन् ।
स्मरण रहोस्, आयोगसँगको छलफलमा एमाओवादी, कांग्रेस र एमालेसहितका दलहरूले सिट निर्धारणमा भूगोल, जनसंख्या र विशिष्टता सबैलाई समग्रमा हेरिनुपर्ने धारणा राखेका थिए भने मधेस केन्द्रित दलहरूले जनसंख्या आधारमा तराईका २० जिल्लामा १२० सिट छुट्याउन माग गरेका थिए । क्षेत्र निर्धारण निर्वाचन प्रयोजनका लागि मात्र नभई राज्यले विकास इकाईका रूपमा समेत स्वीकार गरेकाले देशको सन्तुलित विकासका लागि क्षेत्र निर्धारणमा भौगोलिक आधार छोड्न नमिल्ने अन्य दलहरूको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विवस चिन्तन निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम मत परिणामअनुसार माओवादीका

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका