बजेटले लुम्बिनीका योजनालाई दियो उच्च प्राथमिकता

३१ असार २०७०, सोमबार ११:३४ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ३१ असार । यस वर्षको बजेटले लुम्बिनीका केहि महत्वपूर्ण योजनालाई पनि उच्च प्राथमिकतामा राखेको भन्दै यहाँका बुद्धिजीवि एवम् व्यवसायीहरुले नयाँ बजेटको स्वागत गरेका छन् । बुटवलमा अन्तराष्टिय सम्मेलन केन्द्र स्थापना गरिने, लुम्बिनी क्षेत्रको विकास राष्ट्रिय गौरवको योजना, नवलपरासीमा नयाँ औद्योगिक क्षेत्र निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने, बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा दोभान सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने, भैरहवामा क्रिकेट मैदान बनाउन बजेटको व्यवस्था, पाल्पामा पर्यटकिय विमानस्थल सम्भाव्यता अध्ययन गरिने, भैरहवाको आर्थिक विशेष क्षेत्र यसै वर्ष संचालनमा ल्याइने र पाल्पामा अदुवा प्रशोधन केन्द्र बनाइने जस्ता योजनालाई बजेटले समेटेकोमा सन्तोष व्यक्त गरिएको हो । 
त्यस्तै, तानसेन खानेपानी व्यबस्थापनको बैकल्पिक व्यबस्था अवलम्वन अध्यन गर्ने, पर्यटकिय तथा पुरातात्विक महत्वका भैरवस्थान, ऋषिकेश मन्दिरको जिर्णोद्धारको व्यबस्था, रानीमहललाई बिशेष पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, माडीफाँट रिङरोड करिडोर निर्माण जस्ता महत्वपुर्ण योजनाहरु बजेटमा परेका छन् । त्यसैगरि भैरहवा गौतम बुद्ध विमानस्थलको स्तरवृद्धिको योजना, बुटवल कोहलपुर बिद्युत प्रशारण लाइन, भरतपुर बर्दघाट लाईन र वर्दघाट गोरखपुर प्रशारण लाईनलाई व्यवस्थीत गर्ने लक्ष्य लिएको छ । बेलहिया बुटवल सडकखण्डको निर्माण निरन्तरता दिन थप बजेट छुट्याईएको छ । गुल्मी पूर्कोट दहको सडक कालोपत्रे, पश्चिमाञ्चलका ८ जिल्लामा सुन्तला खेतीलाई विस्तार गर्न सुन्तला बगैचा कार्यक्रम ल्याईएको छ । बजेटमा भैरहवामा नेपाल भारत एकिकृत जांच चौकीलाई निरन्तरता दिने, गुल्मी अर्घाखांचीका किसानलाई प्रेरित गर्न उन्नत विउ विजन कार्यक्रम दिएको छ ।
यसवर्षको बजेटमा लम्बिनी अञ्चलका धेरै योजनाहरुलाई प्राथमिकतामा राखेको सरकारले ती योजनालाई कति बजेट छुट्याएको छ त्यो खुलाइएको छैन भने बजेट कार्यान्वयनको पक्ष भने प्रतीक्षाकै विषय बनेर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर