किन आत्महत्या गरिन् पूर्वमन्त्रीकी छोरीले ?

३१ असार २०७०, सोमबार ०९:१९ मा प्रकाशित

काठमाडौं, ३१ असार । पूर्वमन्त्री अनिल झाकी एक्ली छोरी श्वेताले आत्महत्या गरेकी छिन् । शनिबार बिहान रानीबारीस्थित आफ्नै घरको कोठामा उनले झुन्डिएर आत्महत्या गरेकी हुन् । लैनचौरस्थित भारतीय केन्द्रीय विद्यालयमा १२ कक्षामा अध्ययनरत स्वेताको आत्महतयाको कारण खुल्न सकेको छैन । उनी झा दम्पत्तिकी एक्ली छोरी थिइन् । 
आत्महत्या गर्नुभन्दा केही समयअघिसम्म पनि श्वेता सामान्य अवस्थामा देखिएकी पीडित परिवारका एक सदस्यले बताए । बताइएअनुसार स्वेता कुनै तनावमा रहेको बाबुराआमा या अन्य परिवारजन कसैलाई पनि अनुमान नै थिएन । आत्महत्याको बेला पनि स्वेता आफैले आमाबुबाको कोठा सफा गरिदिएकी थिइन् भने आधा घण्टाअघिसम्म हाँसीखुशी सरसफाइको काम गरेकी स्वेता आफ्नो कोठा सफा गर्ने भन्दै कोठामा छिरेको केहीबेरमै झुण्डिएर मृत अवस्थामा भेटिएकी थिइन् । छोरीको मृत्युले पूर्वमन्त्री झा स्तब्ध बनेका छन् भने उनकी पत्नी प्रियंका अझै अचेत रहेकी बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस