भुटानमा प्रतिपक्षी पार्टीको जित

३१ असार २०७०, सोमबार ०८:२९ मा प्रकाशित

एजेन्सी । भुटानमा गत शनिबार भएको दोस्रो संसदीय निर्वाचनमा भुटानी जनताले प्रतिपक्षी दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई बहुमतले विजयी गराएको छ । पीडीपीले खसेको कुल मतको ६६.०७ प्रतिशत मत हासिल गरेपछि उसले नयाँ सरकार बनाउने तय भएको छ । राष्ट्रिय सभाका कुल ४७ सिटमा पीडीपीले ४२ सिटमा जित हासिल गरेको छ भने पूर्वसत्ताधारी दल ड्रयुक फुयन्सुम ट्शोङपा (डीपीटी) १५ सिटमा समेटिएपछि अब उसको भूमिका प्रतिपक्षी दलमा सीमित हुनेछ । 
अघिल्लो संसदीय निर्वाचनमा दुई वटा सिटमा मात्र जित हासिल गरेको पीडीपीले मुलुकको दोस्रो निर्वाचनमा यति ठूलो फड्को मारेको हो । उसले दक्षिणी भुटानका करिब सबै स्थान आफ्नो पोल्टामा पारेको छ भने डीपीटीको पकड रहेको पूर्वमा समेत केही सिट जितेको छ । यस्तो परिणाम आउनुमा पार्टीका अध्यक्ष छिरिङ टोबगेलेको महत्वपूर्ण भूमिका भएको विश्लेषकहरुले बताएका छन् । टोबगेलेलाई भुटानका भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ ।
एजेन्सीहरुका अनुसार छिरिङ टोबगेलेकै पहलमा गाउँहरुमा बैंक मात्र पुगेन, स्थानीय निकायले बढी आर्थिक अधिकार पाए र निजामति कर्मचारीले आवास सुविधा पाए । सन् २००८ राजा जिग्मे खेसर नाम्गेल वाङचुकले स्वेच्छिक रुपमा राजतन्त्रको भूमिकामा कटौती गरेपछि भएको पहिलो निर्वाचनमा सात लाख ३८ हजारले भोट हालेका थिए । अहिले तीन लाख ८२ लाख नागरिक मतदानका लागि योग्य थिए जसमध्ये ८० प्रतिशत भोट खसेको थियो । स्मरण रहोस्, भुटानी सरकारले चीनसँग बढी हिमचिम गर्न थालेको भन्दै हालै भुटानमा भारतले ग्यास र मट्टितेलमा दिइँदै आएको अनुदान कटौती गरिदिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

इस्लामावाद । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानका विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा