पश्चिमका चार जिल्लामा कति यौनकर्मी

३१ असार २०७०, सोमबार ०८:१२ मा प्रकाशित

काठमाडौं, ३१ असार । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले कञ्चनपुर, कैलाली, बर्दिया र बाँकेमा मात्रै २ हजार ७ सय ६८ यौनकर्मी महिला देशव्यापारमा संलग्न रहेको प्रतिवेदन सार्वजनिक गरेकै बेला गत २२ गते कैलाली अत्तरियाको एक होटलमा महेन्द्रनगरको जानकी टोलमा रहेको फ्लोरिडा इन्टरनेसनल बोर्डिङ उच्च माध्यमिक विद्यालयका एक शिक्षक र एक महिला कर्मचारी सम्भोगरत रहेकै अवस्थामा प्रहरीको नियन्त्रणमा परे । विद्यालयकी सहयोगी महिलासँग अनैतिक क्रियाकलाप गर्दै गरेको अवस्थामा फ्लोरिडाका शिक्षक मोहन रावत पक्राउ परेका थिए । स्थानीय इलाका प्रहरी कार्यालय मालाखेतीमा २४ घन्टा थुनेपछि प्रहरीले त गल्ती नदोहोर्याउने कबुल गराएर उनीहरुलाई रिहा गरिदियो, तर सो मामलालाई आधार बनाएर यतिबेला ती शिक्षक र महिला कर्मचारी दुबैलाई स्कूलले जागिरबाटै बर्खास्त गरिदिएको छ । 
अनैतिक काम गरेको आरोपमा पक्राउ परेका रावत प्रहरीबाट मुक्त भएपछि विद्यालयमा उपस्थित नभइकन भारत पसेका छन् । उनी महेन्द्रनगरमा बस्न नसक्ने अवस्था आएपछि भारतीय सहर मुम्बई हानिएको स्कूलकै एक शिक्षकले बताए । तर, विद्यालयकी प्रधानाध्यापक निशा भट्टले शिक्षक रावत उच्चशिक्षाका लागि राजीनामा दिएर भारत गएको बताइन् । शिक्षक र महिला कर्मचारी होटलमा अनैतिक क्रियाकलापमा संलग्न रहेको अवस्थामा पक्राउ परेको कुरा आफूलाई जानकारी नभएको प्रधानाध्यापक निशाको कथन छ ।
अत्तरिया घटनापछि विद्यालयकी कार्यालय सहयोगी पनि विद्यालयमा उपस्थित नभएको बताइएको छ । ‘उनी बिदामा छिन्, केही दिनपछि विद्यालय आउँछिन्,’ प्रधानाध्यापक भट्टले दाबी गरिन् । उनले आफ्ना कर्मचारी अत्तरियामा प्रहरी हिरासतमा परेको बारेमा ठाडै अस्वीकार गर्दै भनिन्, ‘विद्यालय समयभन्दा बाहिर के भयो त्यसबारेमा मलाई केही जानकारी छैन ।’ तर शिक्षक रावतले आफू नजिकका व्यक्तिबाट विद्यालयमा राजीनामा पत्र बुझाएको भट्टले स्वीकार गरिन् ।
२२ असारमा कैलाली प्रहरीले अत्तरियाका विभिन्न होटलहरूमा छापा हानी अनैतिक क्रियाकलापमा संग्लन सात जोडीलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक विष्णुबहादुर सिंहले अत्तरियास्थित धनगढी रोडमा रहेको रिगल गेस्ट हाउसमा तीन जोडी, सत्कार होटल, नेचुरल होटेल, रिसिखोला होटेल र फ्रेन्स होटलबाट एक-एक जोडीलाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनले आगामी दिनमा अत्तरियाका अन्य स्थानमा पनि छापा मारेर अनैतिक क्रियाकलापहरू संग्लन भएको पाइए कडाइका साथ कारबाही गर्ने बताए । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार कञ्चनपुरमा २ सय १६ महिला, कैलालीमा १ हजार २ सय ११, बर्दियामा छ सय ५५ र बाँकेमा ६ सय ८६ जना महिलाले यौन व्यवसाय अंगाल्दै आएका छन् । केन्द्रले एकीकृत व्यवहार सर्वेक्षण (आईबीबीएस सर्भे) पछि जिल्ला जनस्वास्थ्य कार्यालयलाई उपलब्ध गराएका तथ्यांकमा कञ्चनपुरका २० स्थानमा महिला यौनकर्मी रहेको देखाइएको छ । कञ्चनपुरमा सबैभन्दा बढी (२३ जना) महिला यौनकर्मीहरू पश्चिमी सिमानाका गड्डाचौकीमा रहेका छन् भने कैलालीको अत्तरियामा सबैभन्दा बढी ४ सय ३० महिला यौनकर्मी देहव्यापारमा लागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको