साउदीमा अठार नेपालीको अवस्था दयनीय

३१ असार २०७०, सोमबार ०७:२१ मा प्रकाशित

काठमाडौं, २८ असार । वैदेशिक रोजगार विभागमा दर्ता रहेको अस्मिता ईन्टरनेश्नल प्रा.लि.ले रोजगारीको लागि साउदी अरब पठाएका १८ जना नेपाली कामदारको अवस्था अत्यन्त गम्भीर बन्न पुगेको बुझिएको छ । इजाजत नं.७७१-०६५-०६६ रहेको उक्त म्यानपावरले सात महिना अगाडि दुई वटा एग्रीमेन्ट पेपर बनाएर १६५ जनालाई साउदी अरब पठाएको थियो । १६५ जनामा १ जना चुणमणि न्यौपानेको कम्पनीमै मृत्यु भैसकेको छ भने १८ जना मृत्युको मुख कुरेर बसेका स्रोतको कथन छ । बुझिएअनुसार २३ जना नेपाल फर्किएकामध्ये १३ जनाले क्षतिपूर्तिको लागि वैदेशिक रोजगार विभागमा जाहेरी गरेका छन्, अन्य सेटिङमार्फत अर्कै म्यानपावर कम्पनीबाट गएकाहरुले अस्मिताको मिलेमतोमा क्षतिपूर्ति पाइसकेको बताइन्छ ।
अस्मिता ईन्टरनेश्नलले ‘फ्रि भिजा’लाई १ लाख ३० हजारसम्म रकम लिएको पिडितहरुले उल्लेख गरेका छन् । नेपाल फर्केका २३ जनाले २ महिना बराबरको अर्थात २२३० साउदी रियल समेत प्राप्त गरेका छैनन् । उक्त म्यानपावरबाट उनीहरुसँगै साउदी पुगेका बिजुला सुव्वा अल्सरले ग्रस्त भएपछि बारम्बार कम्पनीलाई गुहार्दा उपचार नगरेपछि १ सय ७ जना नेपालीले सुव्वालाई बचाउनको लागि कम्पनीलाई दबाब दिन थालेपछि उक्त कम्पनीले अस्मिता इन्टरनेश्नल प्रा.लि.बाट साउदी गएका सबै कामदारलाई कम्पनीबाट निकालेको श्रोतले उल्लेख गरेको छ । कम्पनीको इम्प्लोइ नंबर १०३८८ रहेका सुब्बालाई बचाउन खोज्दा हामीलाई तलबै नदिई कम्पनीले निकाल्यो– एक पिडितले उल्लेख गरे । सुब्बाले दसआँैला जोडेर आफ्नो ज्यान बचाईदिन आँफुसँगै गएका साथीभाईलाई भनेपछि उनीहरुले अल्सरले पिडित सुव्वाको पक्षमा बोलेका थिए । एकजना नेपालीले अर्को नेपालीलाई दुःख पर्दा सहयोग गर्नु हाम्रो कर्तव्य हो– पिडितहरु रविन श्रेष्ठ, राज कुमार रिजाल, संजय मण्डल र पर्वत वि.क.ले सञ्जालका सहयोगीलाई बताएको खुल्न आएको छ । ७०० वेसिक तलव, २०० खाना र ४०० अर्कै कम्पनीले वोनस दिनेगरी काम गर्दै आएकोमा साथीको पक्षमा कुरा राख्दा कम्पनीले तलव नै नदिई निकालेको पिडितले उल्लेख गरेका छन् । उनीहरुको सम्पर्क नं. ९८१३१७६८३७ राजकुमार रिजाल, ९८०३४२२०३८, संजय मण्डल, ९८१४९०९०९८– रविन श्रेष्ठ र ९८१८५२०५९५– पर्वत वि.क. रहेको छ ।
नेपाल फर्केपछि क्षतिपूर्तिको लागि २ हप्ता वैदेशिक रोजगार विभाग धाउँदा समेत आफुहरुले न्याय नपाएको भन्दै उनीहरुले सहयोगको याचना गरेका छन् । नेपाल फर्केका उनीहरुलाई साउदीमा भोकभोकै मर्ने अवस्थामा रहेका अन्य १८ जना नेपालीको पनि त्यत्तिकै चिन्ता रहेको छ । अस्मिता इन्टरनेश्नल र साउदीको सम्बन्धित कम्पनीले रित्तोहात नेपाल फर्काएपछि वैदेशिक रोजगार विभागमा उजुरी नहालेको खण्डमा मात्र १८ जना नेपालीलाई म्यानपावरले टिकट पठाइदिने भनेको गुनासो गर्दै उहीहरुले साउदीमा मरणासन्न अवस्थामा रहेका १८ जनालाई नेपाल झिकाउन पहलको लागि सम्बन्धित निकायको ध्यानाकार्षण समेत गराएका छन् । तर उनीहरुको कुरा कसैले नसुनीदिएपछि उनीहरु अहिले अलमलमै छन् ।
नेपालका म्यानपावर व्यवसायी र सम्बन्धित मुलुकको मान्छे सप्लाई गर्ने कम्पनी वा रोजगारदाता कम्पनीको मिलेमतोमा ६ महिना पुगेपछि कुनै न कुनै बहानामा कामदारलाई नेपाल फर्काउने गरेका छन् । वैदेशिक रोजगार ऐन २०६४ मा ६ महिनापछि फर्केका नेपाली कामदारलाई थोरै रकम क्षतिपूर्तिवापत पाउने व्यवस्था राखेका कारण म्यानपावर व्यवसायीहरुले सक्दो ६ महिना घचेट्ने प्रयास गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस