लोकगायिका सिर्जना बिरही जुवाको खालबाट पक्राउ

३१ असार २०७०, सोमबार ०६:३७ मा प्रकाशित

काठमाडौं, ३१ असार । ढुकुटी काण्डमा गिरफ्तार भई केही समयअघि हिरासत मुक्त भएकी लोकगायिका सिर्जना बिरही थापा जुवातास खेलेको अभियोगमा फेरि प्रहरी खोरमा पुगेकी छिन् । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार साँझ सामाखुशीको भण्डारी चोकस्थित एक घरको दोस्रो तलामा छापा मारेको थियो । सो क्रममा तीनलाख नगद र जुवा खेल्न प्रयोग गरिने क्वाइनसहित बिरही पक्राउ परेकी हुन् । निगरानीका क्रममा क्यासिनोमा जस्तै खानपिनको प्रबन्धसहित जुवा खेलाउने गरिएको सूचनाका आधारमा परिसर प्रहरीले छापा मारेको थियो । प्रहरीले गायिका बिरहीका साथमा फ्रान्समा जहाज क्याप्टेनका रुपमा काम गर्ने तानबहादुर थापा, डम्बर वीसी, नरबहादुर क्षेत्री, होमबहादुर गुरुंग र दीपेन्द्र भण्डारी नामक व्यक्तिलाई पनि पक्राउ गरेको छ । घरभेटी मानबहादुर भने फरार रहेको प्रहरीले जनाएको छ । 
परिसरप्रमुख एसएसपी सुवोध घिमिरेका अनुसार क्यासिनोकै शैलीमा जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । घरको दोस्रो तलामा जुवा खेल्न प्रयोग भएको तीन लाख तीन हजार रुपैयाँ, ६ बुक तास, विभिन्न रंगका ७६ वटा क्वाइन र तीनवटा चेक समेत फेला परेको आधारमा उक्त घरमा लामो समयदेखि जुवा खेलाइने गरेको प्रहरीको निश्कर्ष रहेको छ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र