आदिकवि भानुभक्त आचार्यको दुई शतबार्षिकी भव्यताका साथ सम्पन्न

३० असार २०७०, आईतवार २३:२८ मा प्रकाशित

पदम बि के, अमेरिका । अमेरिकाको न्यृ्योर्कमा आदिकवि भानुभक्त आचार्यको दुई शतबार्षिकी भव्यताका साथमनाइयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्दको आव्हानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यृ्योर्क च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार श्री तुलसी दिवस, विशेष अतिथि संयुक्त राष्ट्रसंघका उप महासचिव श्री ज्ञानचन्द्र आचार्य, अनेसासका संस्थापक अध्यक्ष श्री होमनाथ सुबेदी हुनुहुन्थ्यो भने उक्तकार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष श्रीमती गीता खत्रीले गर्नु भएको थियो ।

ज्याक्सन हाइट स्थित हिमालयन रेष्टुरेण्टमा सम्पन्न उक्त कार्यक्रममा न्यृ्योर्क च्याप्टरकी अध्यक्ष श्रीमती पृ्नम काफ्लेको “जृ्न तारा”कविता संग्रह, अनेसासको आफ्नै प्रकाशन“अन्तरदृष्टि अंक ३७”तथा कमला ओलीको कथासंग्रह“जेलभित्रकी सानी”को विमोचन गरिनुका साथै अनेसासको २२ औ साधारण सभापनि सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सं।रा।सं का उप महा सचिब श्री ज्ञानचन्द्र आचार्यले “नेपालबाहिर बसेर पनि नेपाली भाषा साहित्य जगेर्ना गर्नू योगदान भएका डायस्पोरिक नेपालीहरु माथि हामी नेपालमा बस्ने नेपालीहरुले ठुलो गर्ब गर्नु पर्छ’”भन्नु भयो ।

त्यस्तै प्रमुखअतिथि बरिष्ठ साहित्यकार श्री तुलसी दिवसले “विदेशी भृ्मीमा बसेर पनि देश र भाषा प्रतिको माया देख्दाअसाध्य खुसी लागेको बताउनुभयो । कार्यक्रममा अनेसास अध्यक्ष श्रीमती गीता खत्रीले अनेसासलाई ७५ राष्ट्रमा फैलाई सकिएको भन्दै आफ्नो शरीरमा एक मुठी रगत रहनुजेल नेपाली भाषा साहित्यलाई जर्गेना गर्ने काममा लागिरहने प्रतिबद्धता व्यक्तगर्नु भयो ।

स्रष्टाहरुको ठृ्लो संख्यामा उपस्थित रहेको उक्त कार्यक्रममा विभिन्न साहित्य प्रेमीहरुले मन्तव्य सहित कविता बाचन गर्नु भएको थियो भने अधिबक्ता साहित्यकार कमला ओलीले नेपालमा बाल साहित्य र यसको विकासको बारेमा कार्यपत्र प्रस्तुतगर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा