अर्थमन्त्री शंकरप्रसाद कोइरालाद्वारा ५ खर्ब १७ अर्ब २४ करोडको बजेट प्रस्तुत

३० असार २०७०, आईतवार २२:२७ मा प्रकाशित

काठमाडौं, ३० असार । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आर्थिक बर्षका लागि ५ खर्व १७ अर्ब २४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री कोइरालाले सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको सभाहलमा प्रस्तुत गरेको बजेटमा चुनावलाई मुख्य प्राथमिकतामा राखेर पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिएका छन् । अर्थमन्त्री कोइरालाले प्रस्तुत गरेको बजेटमा चालू खर्च अन्तर्गत ३ खर्ब ५३ अर्ब ४२ करोड अर्थात ६८.३३ प्रतिशत र पूँजीगत खर्च अन्तर्गत ८५ अर्ब १० करोड अर्थात १६.४५ प्रतिशत खर्च बिनियोजन गरेको छ । यस्तै वित्तिय व्यवस्थाका लागि ७८ अर्ब ७२ करोड अर्थात १५.२२ प्रतिशत र विकास बजेटका लागि २ खर्ब ४१ अर्ब ५८ करोड अर्थात ४६.७ प्रतिशत रकम बजेट बिनियोजन गरेको छ । यस्तै साधारण खर्चतर्फ २ खर्ब ७५ अर्ब ६६ करोड अर्थात ५३.३ प्रतिशत बिनियोजन गरेको छ । सरकारले राजश्वबाट ३ अर्ब ५४ अर्ब ५० करोड आम्दानी गर्ने लक्ष्य बजेटमा राखिएको छ । साँवा फिर्ताबाट ५ अर्ब ५० करोड, वैदेशिक अनुदाबाट ६९ अर्ब ५४ करोड, वैदेशिक ऋणबाट ४३ अर्ब ७० करोड र त्यसमा नपुग ४४ अर्ब आन्तरिक ऋणबाट उठाइने लक्ष्य लिइएको छ । आगामी वर्ष आर्थिक वृद्धि ५ दशमलव ५ प्रतिशत गर्ने र मूल्य वृद्धि ८ प्रतिशतमा सिमित राखिने लक्ष्य राखेको छ । सरकारले दोस्रो संविधानसभाको निर्वाचन स्वच्छ, निष्पक्ष एवं धाँधलीरहित रुपमा सम्पन्न गर्न आव २०७०-७१ को बजेटमा रु १६ अर्ब बजेट विनियोजन गरेको छ । सरकारले आज प्रस्तुत गरेको बजेटमा निजामती कर्मचारी, सैनिक, प्रहरी, शिक्षकलगायत सबै कर्मचारीको तलबमानमा १८ प्रतिशत वृद्धि गरेको छ भने सबै कर्मचारीका लागि समान रु एक हजार भत्ता दिने निर्णय समेत गरेको छ । यसै गरि कर्मचारीको स्वाथ्य बिमा रु पाँच लाख गर्नुका साथै कर्मचारीका पति वा पत्नी, १८ वर्षसम्मका छोराछोरी दुर्घटनामा परेमा वा तीन दिनभन्दा बढी बिरामी भई अस्पताल भर्ना भएमा बिमा मार्फत उनीहरुको उपचार खर्च व्यहोर्ने बजेटमा उल्लेख गरिएको छ । सरकारले आगामी बजेटमा विभिन्न ७ वटा क्षेत्रलाई मूख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरिरहेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि जलविद्युत तथा उर्जा क्षेत्रको विकासमा सरकारले विशेष कार्यक्रम गर्ने योजना बनाएको छ । मुलुकको अर्थतन्त्रको मूख्य क्षेत्र कृषिको विकास गर्न सरकारले कृषि विकासका कार्यक्रमहरु बनाएको छ । कृषिमा आधुनिकिकरण गर्न प्रवृधि भित्राउन बजेट छुट्टाएको छ । शिक्षा र स्वास्थ्यलाई सबै सर्वसाधरणको पहुँचमा पुर्‍याउन बजेट छुट्टाइएको छ । पर्यटन विकास गर्न विशेष कार्यक्रम बजेटमा ल्याइएको छ । निजी क्षेत्रको प्रबर्द्धन गर्न बजेटमार्फत लगानीमैत्री वातावरणको सृजना गर्न कार्यक्रम ल्याइएको छ । आयात प्रतिस्थापन गर्न र निर्याता प्रतिस्थापन गर्ने बजेटमा लक्ष्य राखेर बजेट प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४