एनआरएन अष्ट्रेलियाको अध्यक्षमा महेन्द्र ओली निर्वाचित

३० असार २०७०, आईतवार १९:१५ मा प्रकाशित

हेमन्त काफ्ले, अष्ट्रेलिया । गैर आवशीय नेपाली संघ एनआरएन अष्ट्रेलियाको अध्यक्षमा महेन्द्र ओली निर्वाचित भएका छन् । ओलीसँगै सदस्य रहेको कार्यसमिति निर्माण गरिएको छ । अष्ट्रेलियाको सबै राज्यहरुमा भएको भएको निर्वाचन पश्चात महेन्द्र ओली अध्यक्षमा निर्वाचित बनेका हुन् । ओलीका साथै बिभिन्न राज्यहरुबाट ८ जना उपाध्यक्षमा निर्वाचित भएका छन् भने सचिवमा भरत पोखरेल, कोषाध्यक्षमा चुडामणी बेलबासे र सहसचिवमा धर्मराज अधिकारी निर्वाचित बनेका छन् । एनआरएनको नयाँ बिधान अनुसार यहाँ रहेका सबै राज्यहरुमा छुट्टै राज्यसमितिहरु निर्माण गरिएको छ । शनिबार राति भएको पाँचौ अधिवेशनमा वर्तमान कार्यसमितिका सदस्यहरुले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको थियो । बिभिन्न चरणमा भएको चुनावमा सातवटै राज्यबाट प्रतिनिधित्व गराइएको थियो । जसमा सिड्नीबाट सबैभन्दा धेरै ५२ जना सदस्यहरु निर्वाचित बनेका थिए । शनिबार वर्तमान अध्यक्ष गणेश केसीले नवनिर्वाचित अध्यक्ष लगायतका कार्यसमितिलाई पद हस्तान्तरण गरेका थिए । यसका साथै उनीहरुलाई अष्ट्रेलियाको केन्द्रीय निर्वाचन समितिका संयोजक दीपक खडकाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष ओलीले आफ्नो दुई बर्षको कार्यकालमा विद्यार्थी तथा युवाहरुका साथै नेपालको बिकासका लागि समेत महत्वपूर्ण काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत