मेरो आँसुको श्राप लाग्नेछ :: रेजिना उपे्रती

३० असार २०७०, आईतवार १९:०० मा प्रकाशित

करिब डेढ दशकभन्दा अघिदेखि नेपाली कलाकारिता क्षेत्र नै भनेर मरिमेट्दै अगाडि बढिन् नायिका रेजिना उपे्रती । यसबीचमा नाम पनि कमाइन् अनि बद्नाम पनि । तर, उनले यो क्षेत्र त्यागिनन् । घामपानी, दु:खसुख सहँदै अगाडि बढेकी रेजिनालाई अवसर पनि थुपै्र आएका थिए । विदेशमा बसेर डलर कमाउने अनि उतै घरजम पनि गर्न सक्थिन् उनी । तर, उनले त्यसो गरिनन् । जीवनमा जे–जस्तो मोड आए तापनि नेपाली कलाकारिता क्षेत्रमा नै जीवन समर्पण गर्छु भनेर अठोट गरेकी रेजिना केही हप्ता भने तनावमा रहिन् । आफ्नै सहकर्मी निर्मात्री कविता श्रेष्ठसँग मिलेर बनाएको चलचित्र ‘बरदान’को हिसाबकिताबका कारण दुईबीच मनमुटाव, प्रचारबाजी हुँदै अन्तत: यो आइतबार छिनोफानो भएको छ ।

० के अब कुरा मिलेकै हो त ?
– कुरा मात्र मिल्यो । मन मिलेको छैन ।
० कुरा केमा मिलेको हो त ?
– एक वर्षभित्र मैले दश लाख दिनुपर्छ ।
० तपाईंको गुनासो ?
– मेरो नामबाट धेरैले साथ दिए, सहयोग गरे । तर, म प्रयोगमा परेँ । रेजिनाले फिल्म बनाएको भनेर मिडियादेखि सुटिङ स्पट र अन्य कलाकारहरूले पनि सहयोग गर्नुभयो तर त्यो सहयोगको मेरो अर्को पार्टनरले गलत फाइदा उठाउनुभयो ।
० भनेपछि कविता श्रेष्ठ र रेजिना उपे्रतीको सम्बन्ध अब चट् ?
– सही कुरा हो यो । म अरूहरूलाई पनि भन्छु कि नबुझ्नेसँग सङ्गत नगर्नु अनि पार्टनरसिपमा कुनै पनि काम नगर्नु । दु:ख पाइन्छ ।
० तपार्इं निर्मात्री पनि त बन्नुभयो नि ?
– उहाँ एकल निर्मात्री भएर फिल्म बनाउन सक्नुहुन्नथ्यो । पैसाले मात्र फिल्म बन्दैन । सम्बन्ध र सोच पनि ठूलो कुरा हो । मलाई प्रयोग गरेर उहाँहरू स्थापित हुनुभएको हो । मेरो आँसुले सराप्नेछ । केही भलो हुँदैन उनीहरूको ।
० किन यत्रो आक्रोश ? पहिले त एउटाका लागि अर्कोले ज्यान दिन पनि तयार हुनुहुन्थ्यो नि ?
– त्यो गलत सोच रहेछ मेरो । जिन्दगीमा ठूलो चोट र दाग लागेको छ यो घटनाले । पैसालाई सर्वोच्च ठान्नेलाई म केही भन्दिनँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन् । श्वेतासँगै

काठमाडौं । दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको करिब १८

काठमाडौं । बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग

काठमाडौं । अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई