कोरियामा नेपालीमाथि दुव्र्यवहार हुँदा दूतावासले आँखा चिम्लियो

३० असार २०७०, आईतवार १८:५९ मा प्रकाशित

काठमाडौं, ३० असार । दक्षिण कोरियामा विगत लामो समयदेखि रोजगारी गर्दै आएका ओखलढुंगाका रामकाजी गुरूङलगायतमाथि कोरियन प्रशासनद्वारा दुव्र्यवहार हुँदा नेपाली दूतावास मौन रहेको तमु ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद्ले आरोप लगाएको छ । कोरियामा लामो समयदेखि रोजगारी गर्दै आएका विक्रम गुरूङको कम्पनीमा काम गर्ने क्रममा मेसिनमा रहेको तेजाब हत्केलामा पर्न गई प्वाल पर्नेगरी सख्त घाइते भएको सन्दर्भ उल्लेख गर्दै परिषद्ले नेपाली नेपाली नागरिकमाथि दुव्र्यवहार हुँदा नेपाली दूतावास केही बोलेको प्रति दुःख प्रकट गरेको छ । रोजगार बीमाको लागि राहदानी नवीकरण गर्नमा सहयोगी विमलकी श्रीमती शान्ति गुरूङसहित नेपाली दूतावासमा पुग्दा कोरियन प्रशासनले दूतावासको परिसरबाट नै बिना सोधपुछ तीनैजनालाई अमानवीय तवरले अध्यागमन विभागमा राखेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । परिषद्द्वारा जारी विज्ञप्तिमा ‘नेपाली दूतावासले आफ्नो देशको नागरिकको जिउधनको रक्षामा बेवास्ता गरी स्थानीय प्रशासनको सबै खालको दुव्र्यवहार टुलुटुलु हेरेर बस्नु भनेको दूतावासका कर्मचारीहरूको गैरजिम्मेवारीपन नै हो’ उल्लेख गरिएको छ । परिषद्ले उक्त दुःखद घटना कोरिया सरकारको नीति, नियम तथा कानून बमोजिम नै भएको हो भने यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । आगामी दिनहरूमा यस्तो किसिमको दुव्र्यवहार कुनै पनि विदेशमा रहेका नेपालीहरूले भोग्न नपरोस् भनी नेपाल सरकारको ध्याकृष्ट गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा