तिब्बतीमाथि चिनीयाँ बक्रदृष्टि

३० असार २०७०, आईतवार १८:४१ मा प्रकाशित

काठमाडौं, ३० असार । संयुक्त राष्ट्र विदेश विभागले मे २०, २०१३ का दिन अन्तर्राष्ट्रिय धार्मिक प्रतिवेदन २०१३ मा उल्लेख गरेको छ कि चीन सरकारले सन् २०१३ तिब्बत स्वशासित क्षेत्र र अन्य तिब्बतीय क्षेत्रहरूको धार्मिक स्वतन्त्रतालाई संरक्षण गर्नुको साटो उल्लेख्य रूपमा अवरोधित गर्नुका साथै तिब्बतस्थित बौद्ध मठ तथा तपस्विनीहरूका आश्रमस्थलहरूमा आधिकारिक स्तरबाट बढ्दो हस्तक्षेप गर्दै आएको छ । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी आयोगको प्रतिवेदनमा यो उल्लेख गरिएइको छ कि विगत दशकमा कहिले नभएको प्रकारको चीनको तिब्बती बौद्धहरूका क्षेत्रमा धार्मिक स्वतन्त्रताको स्थिति अहिले ज्यादै नराम्रो रहेको छ । सन् २००८ देखि तिब्बती क्षेत्रहरूमा सरकारले पूजा स्थल, पूजाको सिद्धान्त र विधि तथा तिब्बती बौद्धमार्गी धार्मिक नेताहरूमाथि कडा नियन्त्रण, तिनीहरूलाई गिरफ्तार गर्ने तथा सरकारको नीतिको विरोध गर्ने व्यक्तिहरूलाई थुन्ने वा दलाई लामालाई समर्थन गर्नेहरूलाई थुन्ने गरेकोबाट तिब्बतीहरूलाई ज्यादै संकटमा पारिदिएको छ । त्यस्तै एमनेष्टी इन्टरनेशनलले मे २३, २०१३ का दिन सार्वजनिक गरेको विश्वको मानव अधिकारी अवस्था सम्बन्धी वार्षिक प्रतिवेदन २०१३ मा चिनियाँ अधिकारीहरूले राजनीतिकर्मी, मानव अधिकार संरक्षक तथा अनलाइन सञ्चारकर्मीहरूमाथि कडा प्रतिबन्ध लगाउँदै थुप्रैलाई यातना दिने, सोधपुछ गर्ने, विवादस्पद प्रकारले थुनामा राख्ने एवं लापता पार्ने काम गर्दै आएका छन् । तिब्बतमा चिनियाँ अधिकारीहरूले तिब्बतीहरूलाई निरन्तररूपमा, तिनीहरूको संस्कृति सम्बद्र्धन गरी आनन्द मनाउने अधिकार, धार्मिक, वाक्स्वतन्त्रता, शान्तिपूर्ण ढंगमा भेला हुने तथा संस्था सञ्चालन गर्ने तिनको अधिकारलाई मिच्दै आएका छन् । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी संयुक्त राष्ट्र आयोगले तिब्बतमा धार्मिक परम्पराको सरकारी स्तरको हस्तक्षेपको निरन्तरताले गहिरो संकटको आक्रोशको स्थिति पैदा गरिदिएको छ । 
प्रतिवेदनमा भनिएको छ कि अमेरिकी सरकारले पटक–पटक चिनियाँ अधिकारीहरूलाई हरेक आस्था र विश्वास भएकाको धार्मिक स्वतन्त्रताको कदर गर्न तथा तिब्बतीहरूलाई तिनको धार्मिक परम्परा, अभ्यास, उपदेशजस्ता कार्यको विकासमा संरक्षक दिन अनुरोध गरेको छ । अमेरिकाले चीन सरकारलाई दलाई लामा र उनका प्रतिनिधिहरूसँग रचनात्मक वार्ता सञ्चालन गरी तिब्बतीहरूको विशिष्ट धार्मिक, सांस्कृतिक तथा भाषिक पहिचान, जो तिब्बतीहरूका प्राथमिक आक्रोश रहेको छ, लाई समेत समाधान हुने गरी सम्बोधन गर्न समेत अनुरोध गरेको छ । अमेरिकी तथा अन्य सरकारहरूका तर्फबाट भएका प्रयासहरूका बाबजुद पनि गत वर्ष दलाई लामाका प्रतिनिधिहरू र चीन सरकार तथा कम्युनिष्ट पार्टीका अधिकारीहरूबीच कुनै वार्ता भएन । सकारात्मक परिर्वतनको वातावरण उल्लेखनीय रूपमा तल झर्ने पुग्यो । खास गरीकन धार्मिक स्तवन्त्रतामाथि नयाँ प्रतिबन्ध र दलाई लामामाथि चीन सरकारका तर्फबाट गरिएको सार्वजनिक निन्दनीय क्रियाकलापहरूका कारण प्रतिवेदनमा यो पनि उल्लेख गरिएको छ कि मे, २०११ मा त्यस क्षेत्रको गत सरकारी भ्रमण पश्चात टी।ए।आर।लाई अमेरिकी सरकारका पदाधिकारीहरूले १० पटकभन्दा बढी कूटनीतिक प्रक्रिया थालनीका लागि अनुरोध गरे पनि कुनै प्रगति भएन वा त्यसमाथि विचारै गरिएन ।
गत वर्ष चीन सरकारले पटक–पटक तिब्बती बौद्धमार्गीहरूमाथि मात्र नियन्त्रण गर्ने प्रक्रियालाई बलियो पारेन कि आगामी नयाँ नियम–कानुनहरू, नयाँ निगरानी गर्ने प्रशासनिय संरचना सम्बन्धी नयाँ भावी योजनाको सूची तयार पार्नुका साथै अमेरिकी नयाँ प्रतिवेदन हेरेपछि सरकार समर्थित तिब्बती सैद्धान्तिक संस्था समेत खोले । यू।एफ।डब्ल्यू।डी।का डेपुटी डाइरेक्टर र कम्पनिष्ट पार्टीका तिब्बत मामलाको गोश्वारा कार्यालयका निर्देशक झु बेईकुनले नयाँ संस्थाको उद्देश्य ‘तिब्बती बौद्धमार्गीहरूले हाम्रो समय अनुरूप विकास गर्ने सुनिश्चितता र दलाई नीतिहनुरूप धार्मिक आप्रवासन रोक्नु तथा सामाजिक विकास अनुरूप क्रुर परम्परा र वानीहरूलाई परित्याग गर्नु रहेको उल्लेख गर्दै बताएका थिए । फरवरी,२०१२ मा सरकारी अधिकारीहरूले प्रत्येक तिब्बत स्वशासित क्षेत्रमा रहेका मठ–गुम्बामा बसोबास ठाउँमा पार्टी र सरकारी अधिकारीको निर्देशनमा नयाँ मठ–गुम्बा व्यवस्थापन समितिको उद्देश्य साधक तथा तपस्विनीहरूले नियम–कानुन पालन गरे–नगरेको निरीक्षण गर्नु, चिनियाँ कानुनहरू पालन गर्नु र सद्भाव बढाउनु रहेको छ । दक्ष मध्ये नौ वटा चीनको तिब्बत स्वशासित क्षेत्रमा रहेका गुम्बाहरूले मातहतका सहकर्मी तिब्बती बौद्धमार्गीहरूलाई केन्द्रीय सरकारको निर्देशन मान्ने आदेश दिएका छन् । यसका साथै सरकारी नीति पालन नगर्ने धार्मिक कर्मचारीलाई हटाउने र आवश्यक धार्मिक कर्मचारीले सीमित संख्यामा गुम्बाहरूमा रहने साधन र तपस्विनीहरू हरेक प्रकारले निरीक्षण गर्नेछन् । वास्तविक कुरो के छ भने सरकारी अधिकारीहरूले दलाई लामा अथवा उनीद्वारा पत्याएका पञ्चेन लामाप्रति प्रतिबद्ध साधक, तपस्विनीहरूलाई धपाउन निमित्त नयाँ नियम–कानुनहरू प्रयोग गरिनेछन् । विशेष उल्लेखनीय कुरा के छ भने दलाई लामाले ६ वर्षकै उमेरमा ११औं पञ्चेन लामाको उपाधि दिएका गेन्डुन चोइकी नियामालाई २० वर्षको उमेरमा बेपत्ता पारे पनि चीन सरकारले अन्तर्राष्ट्रिय समुदायको पटक–पटकको अनुरोधलाई अस्वीकार गर्ने काम निरन्तररूपले गर्दै नै आएको छ । मे,२०११ देखि चीन सरकारको दमनकारी नीतिहरूले गर्दा १०६ वटा आत्महत्याका घटना घटिसकेका छन् र त्यो विश्वव्यापीस्तरमा बढ्दै गए पनि चिनियाँ अधिकारीहरूले त्यसको दोष स्वीकार नगरी उल्टै त्यसलाई दलाई लामाको समर्थन र निर्देशनमा सञ्चालित ‘आतंकवादी गतिविधि’ भन्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र